बाजुरामा कांग्रेसका बद्रीले बाजी मारे

काठमाडौं। बाजुरामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बद्री पाण्डेले बाजी मारेका छन्। पाण्डेले एमालेका उम्मेदवार कर्ण थापालाई ५ हजार ४ सय ३७ मतान्तरले उछिनेर बाजी मारेका हुन्।

प्रतिनिधिसभा सदस्यमा बिजयी पाण्डेले ३१ हजार ७ सय ८६ मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी एमालेका कर्ण थापाले २६ हजार ३ सय ४९ ल्याएका छन्।

एमालेले बाजुरामा बुथ कब्जा भएको भन्दै पुन मतदानको माग गरेको थियो। तर निर्वाचन आयोगले पुन मतदान गर्न अस्वीकार गर्दै मतगणना गर्न निर्देशन दियो।

आयोगको निर्देशन अनुसार मतदान भएको १० दिनमा मतगणना सुरु भएको थियो भने आज बिहान अन्तिम मत परिणाम घोषणा भएको हो।

प्रतिक्रिया