निर्वाचन खबर: स्याङ्जा र बाजुरामा कांग्रेस उम्मेदवार अगाडि

काठमाडौं। स्याङ्जा र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिईरहेको निर्वाचन आयोगले दिएको विवरणमा उल्लेख छ। शुक्रबार बिहानसम्मको मत परिणाम अनुसार दुवै क्षेत्रमा एमालेसँगको प्रतिष्पर्धामा उनीहरु अगाडि छन्।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर(२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको अग्रता कायमै छ। 

शुक्रबार बिहान सार्वजनिक पछिल्लो मतपरिणाअनुसार गुरुङले ११ हजार ९ सय २० मत पाएर अगाडि छन् उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले ९ हजार ५ सय २ मतसहित गुरुङलाई पछ्याइरहेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गरेका छन्।

बाजुरामा बद्री अगाडि

bajuraयसैगरी बाजुरामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका बद्रि पाण्डेले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ५ हजार ३ सय ९९ मत पाएका छन् भने उनका निकटतम प्रतिष्पर्धी एमालेका कर्ण थापाले ४ हजार १ सय ३० मतसहित पाण्डेलाई पछ्याएका छन्।

पाण्डे थापा भन्दा १ हजार २ सय ६९ मतले अघि छ्। बाजुरामा बिहीबार साँझदेखि मतगणना सुरु भएको हो। स्याङ्जा(२ र बाजुरामा धाँधली भएकाले पुन मतदान गर्नुपर्ने माग एमालेले गरेको थियो। तर एमालेको मागलाई वेवास्ता गर्दै निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिएपछि दुबै ठाउँमा मतगणना सुरु भएको हो।

प्रतिक्रिया