आमनिर्वाचन- २०७०९

शेखर, सुनील र घनश्याम अगाडि, सुजाता र रेखा पछ्याउँदै

विराटनगर । मोरङका निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारहरु एकअर्कालाई पछ्याईरहेका छन्। सिनेमाकी चर्चित नायिका रेखा थापा भने निकै कम मत पाएर तेस्रो स्थानमा छिन्।

मोरङको १ मा नेकपा एमालेका घनश्याम खतिवडाको अग्रता कायमै छ। पछिल्लो मतगणना परिणामअनुसार उनले ११ हजार ४६४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका डिगबहादुर लिम्बूले १० हजार ६२६ मत प्राप्त गरेका छन्।

मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलले १७ हजार २७ मत ल्याएका छन् भने कांग्रेसकी सुजाता कोइरालाले १६ हजार ३८२ मत प्राप्त गरेकी छन्।

मोरङ ३ मा कांग्रेसका सुनील शर्माले २४ हजार ९६२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालले १३ हजार ९०१ मत ल्याएका छन्। यो क्षेत्रमा राप्रपाकी रेखा थापाले ५ हजार ६८८ मत प्राप्त गरेकी छन्।

मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले २५ हजार ३२४ मत ल्याएर अग्रता बढाएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले १५ हजार ७४२ मत प्राप्त गरेका छन्।
मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले १६ हजार ४२६ मत ल्याएर अग्रता बनाएका छन्। सोही क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका राजकुमार यादव र माआोवादीका शिवकुमार मण्डलले क्रमशः १२ हजार ७२६ र १२ हजार १५९ मत प्राप्त गरेका छन्।

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १९ हजार २०० मत प्राप्त गरी अग्रता बढाएका छन्। उनका निकटम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डिले १४ हजार २६५ मत प्राप्त गरेका छन्।
 

प्रतिक्रिया