आमनिर्वाचन- २०७९

१२७ क्षेत्रमा मतगणना भैरहँदा कांग्रेस ४३, एमाले ३८ स्थानमा अगाडि

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा दुइवटा गठबन्धनका मुख्य दल नेपाली कांग्रेस र एमाले नै अगाडि देखिएका छन्। अहिले देशका विभिन्न जिल्लामा मत गणना जारी छ भने कतिपय स्थानको मत परिणाम आउने क्रम पनि जारी. रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, १२७ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभातर्फ कांग्रेसले १३ स्थानमा जित हासिल गरेको छ भने एमालेले पाँच स्थान सुरक्षित गरेको छ।

कांग्रेसले ४३ स्थानमा अग्रता कायम राखेको छ भने एमाले ३८ सिटमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा जित हासिल गर्दै ४ स्थानमा अग्रता कायम गरिरहेको छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभामा दुई स्थानमा जित हासिल गरेको छ भने सात स्थानमा अग्रता कायम गरेको छ । नागरिक उन्मुक्ति पार्टी एक स्थानमा जित हासिल गर्दै थप एक स्थानमा अग्रता लिइरहेको छ ।

राष्ट्रिय जनमोर्चाले एक स्थानमा जित हासिल गरेको छ । अन्य पार्टी ९ स्थानमा अग्रता कायम गरेर अघि बढिरहेका छन् भने जसपाले ४ स्थानमा अग्रता कायम गरेको छ ।

प्रतिक्रिया