विश्वप्रकाश ठूलो मतान्तरले जित्ने निश्चित

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुने अब निश्चित देखिएको छ। पछिल्लो मत परिणाम अनुसार शर्माले नेकपा एमालेका अग्नि खरेललाई निकै पछि छोडेका छन् ।

झापा एकमा ८१ हजार ७६४ मत खसेकामा ७० हजार ३७३ मत गणना भइसकेको छ । ११ हजार ३९१ मतमात्रै गणना हुन बाँकी   छ । हालसम्मको गणनामा शर्माले खरेलभन्दा १२ हजार ६८० बढी मत ल्याइसकेका छन् ।

शर्माले ३४ हजार ५०८ मत ल्याएका छन् । एमालेका खरेलले २१ हजार ८२८ मत प्राप्त गरेका छन् ।
 
यसअघि ०७० र ०७४ मा निरन्तर पराजित भएका शर्माले तेस्रो प्रयासमा संसदमा प्रवेश पाउने निश्चित भएको छ ।

प्रतिक्रिया