नकुल काजि - नक्कल काजी र नर्के चतुर्दशी !!


gyan maniदाजु भरत भूर्तेलका शब्दमा - मेरा तीन बदनाम मित्रहरु !
 गणेश बहादुर प्रसाईं / देवि बर्मा / नकुल काजी !

 बदनाम यस अर्थमा कि तिनै जना पन्चायती मण्डले ! मण्डले मात्र हैन ! जर्सी मण्डले !!
 दाजुकै माध्यमबाट उहाँहरु सग नजिकिने मौका पाउने ज्ञानमणी भूर्तेल !!

 बेलाबेला दाजु भन्नुहुन्थ्यो - हिंड ! लाईब्रेरी जाउँ ! बुद्धि बढ्छ !! लाईब्रेरी अर्थात गणेश बहादुर प्रसाईं ! हरेक बिषयका ज्ञाता ! कुशल राजनैतिक बिश्लेषक !! हरेक पटकको उहाँसगको सामिप्यता बाट एउटा नयाँ जानकारीमुलक उपलब्धि ! कुराकानिकै क्रममा ' होईन्त ? ' ! ताँईको ? थेगो सगै उहाँका गफले ३/४ घन्टा चपाएको पत्तै हुन्थेन ! उहाँको गफले साच्चै बुद्धि थपिन्थ्यो ! २०४८ ताका देशान्तर साप्ताहिकमा तत्कालीन मालेको ब्यक्ति हत्यालाई ' झापा हत्याकाण्ड ' शिर्षकमा धारावाहिक रूपमा छापिएको त्यस समयको हत्याकाण्डको चिरफार बुझ्न सकिन्छ ! पन्चायती बौद्धिक मण्डले गणेश बहादुर प्रसाईं अहिले हामी माझ हुनुहुन्न तर मेरो मन मष्तिष्कमा उहाँका बौद्धिक बिचारहरु जीवित छन !!                                                                                   

गणेशमान सिंह महिनाको पन्ध्र हजार खाने भारतिय पेरोल भित्र पर्छन ' भन्ने समाचार बनाउनुपर्ने दरबारिया दासको आदेश अवज्ञा गर्दै जागिर छोडेर आउने सन्काहा नकुल काजिको कथा अहिलेका खरदार काङ्ग्रेसलाई थाहा हुने कुरै भएन !! न त मरिचमानको हण्डी खाने वरिष्ठ काङ्ग्रेस पत्रकारलाई नै !!

 

यो दिगंवत भनेको के हो ? शर्मा प्रेसमा शिद्वार्थ पाक्षिकको प्रुफ हेर्ने क्रममा दाजुको गल्ती माथी देवि बर्माको खप्की ! हृस्व दीर्घ / आकार उकार तलमाथि हुनु नहुने !! भाषिक  ज्ञानको पोको जर्सी मण्डले अनि सिकारु जर्सी काङ्ग्रेस ! प्रत्यक्षदर्शी ज्ञानमणि भूर्तेल ! मिसन - पत्रकारिता !! राजनैतिक बिचार अलग भए तापनि मिसन एक !! दाजुलाई प्रुफ हेर्न सिकाउने गुरु देवि बर्मा !

IMG_20221026_152113

 ' मण्डले मोति ' उपनामले बिभुषित देवि बर्मा जसले जनकपुर अधिबेशनबाट अहिलेका सुर्य ध्वजावाहक कमल थापालाई पन्चायती राजनीतिमा हुले ! मण्डले मोति आफैंसग बिलाएर गए ! कमल थापा भनें साच्चिकै मण्डले निस्के अनि बहुदलीय ब्यबस्थामा समेत गाई बेचेर छाक टार्न भ्याए ! अहिले कमरेड भएर बालकोट डेरा सरेका छन क्यारे ! मंसिर चार पछि कता हो ? टुंगो छैन !!

 देवि बर्माको भाषिक विद्वताको कुरा गर्दा - मारवाडीसँग मारवाडी भाषामा बोल्दा स्वयं मारवाडी चकित ! राजबन्सी बोल्दा त्यस्तै ! सन्थाल पनि उस्तै !! जुन जाती र समुदायको मान्छे भेटियो  उसैको भाषामा बार्तालाप ! संस्कृत भाषामा समेत दख्खल ! अङ्ग्रेजी त पदेन भैगो ! स्थानीय समेत गरि २८ भाषा बोल्न  पोख्त ! देवि बर्माको बौद्धिकतालाई पन्चायतले उपयोग गर्न चाहेन ! हरेक बर्ष अञ्चलाधिशको चर्चा !! नतिजा शून्य !! काङ्ग्रेसलाई त मण्डलेको पानी चल्ने कुरै भएन ! किन पो गर्नु पर्‍यो र ? मालपोतका खरदार / पुलिसका हल्दार / पुलिस सरुवा गर्दाका दलाल बौद्धिक भएको पार्टी पदेन बौद्धिक !! देवि बर्माले पनि बौद्धिक क्षमता आफैंसग लिएर जानू भो ! भरत दाजुका दुबै दिवंगत मित्र अनि मेरा श्रद्धेय प्रती भावपुर्ण श्रद्धाञ्जली !!

Screen Shot 2022-11-16 at 7
                                                                                                             
रह्यो नकुल काजिको कुरो -

२०१६ सालमा भारतको दार्जीलिङ बाट कलम चलाउन  सुरु ! उसबेला गाउँघरमा ' पत्रकार गर्नु ' भन्थे क्यारे ! उहाँले पनि ' पत्रकार गर्न ' थाल्नुभो ! बिहार बाट छिरेको बिहारी भए ' खाली शिशी ! पुर्ना कागज ' मा रमाउँदै एअरपोर्टको लोडर हुँदै नेपाली ' नगरिकता ' लिएर पछि मन्त्री भएर नेपाली उपर नै ढुङ्गा बर्साउँथ्यो होला ! नकुल काजी चै खोपडीमा गिदि बोकेको जन्तु भएकोले होला भद्रपुर आएर गिदिकै संगत गर्दै श्यामकृष्ण उपाध्यायको आलोक साप्ताहिक बाट ' पत्रकार गर्न ' सुरुगर्नु भो ! बच्चा हुँदा सम्म हो बाउआमा चाहिने ! हुर्केपछी स्वास्नी ल्याएपछि बाउआमा चाहिन्न ! उहाँ पनि हुर्किनु भो ! बिबेचना नामकी कन्या सग घरवार बसाउनु भो ! ' ऐंसेलुको झाङ्ग मुनि चिसोपानी ! पर बाट आयो नरे थापा ' ! बिबेचनाको अन्तिम पृष्ठ ! व्यंग्यको बिस्कुन !! झापामा मात्र नभएर पुर्वाञ्चलकै प्रमुख अखबार ! छाप मण्डले तर कलम मण्डले भित्रको मण्डले चरित्र बिरोधि  ( मुड अनुसार )!! कुनै समय ' ॐ राम पट्ट सुर्य बहादुर र बर्तमान नेपाल ' लेख्दाको छिन्ताङ्ग नायकको कोपभाजनको कथा ब्यथा बेग्लै छ !!

उग्रता अनि मुडि स्वभावले अस्थिरता निम्त्याउँछ ! झापा छोडेर केही समय सञ्चार मन्त्रालयको न्युज डेस्क हेर्ने करारको जागीरे ! '  गणेशमान सिंह महिनाको पन्ध्र हजार खाने भारतिय पेरोल भित्र पर्छन ' भन्ने समाचार बनाउनुपर्ने दरबारिया दासको आदेश अवज्ञा गर्दै जागिर छोडेर आउने सन्काहा नकुल काजिको कथा अहिलेका खरदार काङ्ग्रेसलाई थाहा हुने कुरै भएन !! न त मरिचमानको हण्डी खाने वरिष्ठ काङ्ग्रेस पत्रकारलाई नै !!

नकुल काजी जागिर छोडेर झापा आउँदा बिर्तामोडबाट रिक्सा चढेर बाटामा भेटेजती पुर्वपरिचित ' खाजा घर ' चाहार्दै भद्रपुर आईपुग्दा चुर्लिमेला घुमेर आएको आदिवासी भैसक्नु भएको थियो ! दाजु काठमाडौ भएकोले आलोक प्रकाशन जिम्मेवारी मेरो ! आलोक प्रेस अगाडिको उहाँको निवास पुगेर मेरो आग्रह - '  दाजु ! आलोकका लागि काठमाडौको न्युज चाहियो ' !   पछिपछि टुप्लुक्क  निर्भिक दाई पनि हिजोआजका लागि ! सगसगै योग्यराज न्यौपाने जनध्वनिका लागि !! एक घन्टा समय माग भएपछि एक घन्टा पछि पुग्दा तिनै जनालाई खुराक तयार ! आलोकलाई खतरनाक काङ्ग्रेस तालको ! हिजोआजलाई खतरनाक मण्डले अनि जनध्वनिलाई त्यै स्तरको ! बिषय एउटै !!

 ताज्जुव मान्दै मैले जिज्ञासा राखें - ' तपाईंको कलम र .........को सहनशिलता मिल्ने हो भने यो मान्छेले कति उन्नति गर्थ्यो होला ?' ! जवाफमा नकुल काजिले मलाई अङ्गालो मारेर भुत्ल्याउँदै बोल्नु भो -   ' तँ भरतको दाजु होस ' ! मातेका मान्छेले माया गर्दा पनि भुत्ल्याउँछन भन्ने ब्रम्हज्ञान मलाई त्यसैबेला प्राप्त भो !

 म मण्डले नकुल काजिको कुरा गर्दैछैन ! कलमको चटके नकुल काजिको कुरा गर्दैछु जसको जुठो झापाका अहिलेका पुस्ताका अधिकांस पत्रकारले खाएकाछन ! प्रुफ हेर्न सिद्वार्थ बाट देवि बर्माले सिकाए तापनि दाजु र मेरो पत्रकारिताको गुरुमन्त्र नकुल काजी हो भन्न मुख छोप्नुपर्दैन !

 त्यही नकुल काजी ! मण्डले नकुल काजी ! पत्रकार नकुल काजिलाई २०६६ भाद्र १० गते बिधिवत काङ्ग्रेस बनाईयो ! भद्रपुरको बालुवाटारको घिरौला बारिको टेण्ट मुनि नकुल काजिको बिद्वता बखानियो ! गुणगान आईयो ! मार्गनिर्देशनको अपिल गरियो ! अबिर दलियो ! खादा पहिर्याईयो ! सेल्फी हानियो !!

IMG_20221026_163755

 मलाई चित्त बुझेन ! लेखें - नकुल काजी घिरौले काङ्ग्रेस भए !

काङ्ग्रेस पसेका भए काङ्ग्रेस अफिस बाट पस्नुपर्ने ! सात दशक पन्चायतमा बिताएका नकुल काजी पिण्ड खानेबेलामा काङ्ग्रेसको श्राद्ध खान किन काङ्ग्रेस हुनुपरेको ? जबकी काङ्ग्रेस भित्र काङ्ग्रेसकै मूल्य छैन ! पन्चायतमा बिद्रोह बोल्न सक्ने नकुल काजिले बिधिवत काङ्ग्रेसकै अफिसबाट काङ्ग्रेस पस्छु भन्न नसकेर किन घिरौला वारिमा सम्झौता गर्‍यो ?

 आज नकुल काजिको हालत र हैसियत देखेर निकै अघिको अष्टमी याद आयो -

एउटा मत्थुले खसी भुत्ल्याईदिने भो ! पत्याईयो पनि ! गोडा दुएक हुक्के उसको पछि लागेर आए  ! मत्थुले मार हान्यो ! हुक्के टाउको बोकेर कान पोल्न तिर लागे ! भुत्ल्याउने मत्थु समूह सग हामी दाजुभाइ समेतको गठबंधन भो ! केहिबेरमा मुमाले रक्ती भुटेर चिउरा मिसाएर लाईदिनु भो ! खाजा खाईसकेपछी ' दु मिलिटमे आन्छु मालिक '  भनेर अध्कल्चो खसी छोडेर हिंडेको मत्थु दुई सय मिलिट्मा पनि नआउँदा उसलाई खोज्न हिंडेका हुक्के अहिलेसम्म फर्केका छैनन ! उसको दाउ खाजा खानु ! हाम्रो आश खसी भुत्याउला भन्ने ! आठ बजे भुत्ल्याउन सुरु गरेको खसी दाजुभाइको गठबंधनले बल्लतल्ल दुई बजे तिर फोरफार सिध्यायो ! भुँडी फोर्न नजान्दा लादी भुँडी मासु सबै एकै भो ! अहिलेको गठबन्धन जस्तै ! पखाल्दाको सास्ती !!

काङ्ग्रेसका मत्थु समूह जस्तै आए ! नकुल काजिका घरमा खसी ढाले ! कसकसलाई खाजा खानु थियो ! कसकसलाई कान खानु थियो खाए ! ' फेरि आउँछौ दाइ ! जय नेपाल ' भनेर हिंडेका समूह मंसिर चार सम्म पनि आउँने छाँट छैन ! असरल्ल खसी र नकुल काजिको काङ्ग्रेस सदस्यताको हालत समान छ ! उहिले  नकुल काजी ! अहिले ' नक्कल काजी ' !! 

अब यसो गरौं -

उहिले मुमाले नर्के चतुर्दशीका दिन बिहानै नर्के नुहाएर कुकुर तिहारका लागि कुकुरलाई निम्तो गरेको संम्झना भो ! त्यसै गरि चार गते बिहानै टपरामा बत्ति बालेर नकुल काजिलाई निम्ता गरौं ! नकुल काजिको दिमागको सदुपयोग गर्न नचाहे पनि  समातेर केत्तुके फुलको माला लाईदिएर कमसेकम कुकुर जति सम्मान दिउँ ! अनिकालको एक भोट पनि बोरै बराबर पो हुन्छ है !

 कि कसो मण्डले नकुल काजी ? ओहो ! sorry . तपाईं त काङ्ग्रेस पो हो क्यारे ! भोट चै रुखमै है ! दायाँबायाँ गरे ऐंसेलुको झाङ्ग मुनिको नरे थापा होईएला नि !
 जय नेपाल नकुल दाई !

IMG_20221026_163653_1668498695208

प्रतिक्रिया