सिन्धुपाल्चोकमा एक सय २१ एचआइभी सङ्क्रमित

चौतारा। सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक सय २१ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी-एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार सङ्क्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष  छन्। 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सवैभन्दा बढी एचआइभी सङ्क्रमित भेटिएको छ । तीस जना सङ्क्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन् । गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआइभी÷एड्स देखिएको थियो ।

समूहका अध्यक्ष  तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुनसक्छ । उनले भने, “यो तथ्याङ्क त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता सङ्घसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छौँ । मिर्मिरेको तथ्याङ्कमा जिल्लामा ६ बालबालिकामा एचआइभी भेटिएको छ ।   (रासस)

प्रतिक्रिया