कसका घरमा किन धन रहँदैन ?

हामी गरीब देशका गरीब नागरिक भएकोमा दुःखी छौं । एक घनिष्ठ संयोग २५०० बर्ष अघि यसै धर्तीका एक महापुत्रले संसारलाई दुःख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्धका बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। - "ईमे दुख्ख निरोध गामीनी पतिपदा।" यी दुःखहरूलाई जरैबाट हटाउँ ।

धर्मशास्त्रमा धन लाभ वा धन नास हुन सक्ने उल्लेख गरिएको छ । मानिसको ब्यवहार अनुसार धन लाभ वा नास हुने कुराको निर्धारण हुन्छ ती बिभिन्न ग्रन्थमा लेखिएको कुरा नै हो, त्यहाँका केहि बुँदा यहाँ दिईएका छन् जसको कारण धन नोक्सानी हुने गर्दछ |

१. जो व्यक्तिले स्नान नगरी तुलसीको पात टिप्छ । देवता उसको पूजा स्वीकार गर्दैनन् र धनकी देवी लक्ष्मी पनि त्यस्ता मानिससँग रिसाउँछिन् ।

२. गुरुको आदर नगर्ने र गुरुकि पत्नीलाई खराव नजरले हेर्नेलाई धनकि महालक्ष्मीले समाप्त गर्छिन । जसको कारण धन हुनेको पनि नास हुने र धन आर्जनको बाटो नहुने हुन्छ |

३. महालक्ष्मी त्यस्ता मानिसको घर बस्दिनन् जो अस्वच्छ अवस्थामा भगवनको पूजा गर्छ ।

४. जो स्त्री ठूला र आफ्नो पतिलाई आदर नगर्ने, सानातिना कुरामा पनि खराव ब्याबहार देखाउने, अधार्मिक काम गर्ने जस्ता काम गर्छन भने त्यस्तासँग पनि लक्ष्मी रिसाउने गर्छिन् ।

५. अल्छी मानिससँग पनि माता लक्ष्मी रिसाउँछिन् । अल्छी मानिसले भगवानलाई पूजा नै गर्छ भने पनि भगवान अल्छी मानिसको घरमा बास गर्दीनन् जसको कारण त्यस्ता मानिस संधै पैसाको अभावमा रहन्छन् ।

६. जो व्यक्ति घरको सदस्यलाई बिना कुनै कारण भेद-भाव गर्छ, कुरा काट्छ, उसको घरमा पनि लक्ष्मी कहिलै बास गर्दीनन् ।

७. पूजा गरेको अवस्थामा कसैप्रति रिस प्रकट गर्ने, अरुको कुभलो होस् भन्दै पूजा गर्नेलाई पनि भगवानले ध्यान दिंदैन ।

८. जो व्यक्ति नहुने दिन वा साँझको समयमा स्त्रीसँग सहवास गर्छ, दिनमा सुत्छ, त्यस्ताको घरमा देवी लक्ष्मीको बास हुँदैन ।

९. छल-कपटी, चोर, खराव चरित्र भएको, अरुको धन हडप्ने मानिसको घरमा पनि लक्ष्मीको बास हुँदैन । यदि धन भईहाले पनि त्यस्ताको धन निरर्थक काममा लगानी हुने वा डुब्ने वा क्षेणीक समयको लागि मात्र रहन्छ ।

१०. अरुको धन र पराई स्त्रीमाथि खराव नजर राख्नेलाई पनि लक्ष्मीले साथ दिन्नन् । 

('दुःख हटाउन धन पाउने सरल उपाय' भनेर सच्चिदानन्द शर्माले आफ्नो फेसबूकमा चर्चा गरेको रोचक टिपोट)

प्रतिक्रिया