टिकटबाट वन्चित छुल्याहा कांग्रेस

gyan mani गाडी दस मिनेट रोकिन्छ ! बाहिर जाने भए जानुस है ! खलासिको स्वरले ध्यान तान्यो !
            कुन ठाउँ हो भाई ?
    लाहान हो सर !
                   लाहान ?????

 बच्चा औसत छुचुन्द्रे नै हुन्छ्न ! म पनि अपवाद पक्कै हैन ! एसएलसि सेकेन्ड डिभिजन नै हो ! उमेर बढे सगै फर्स्ट डिभिजन हुँदै A+ पुगियो त्यो अलग कुरो !!

 प्राचिनकालको लाहान केन्द्रित उपद्रो सम्झेर खित्का छुट्यो ! वरिपरिका मान्छेको नजर बाट जोगिदै झ्याल बाट बाहिर च्याउने अभिनय गरें !! लाहानको राष्ट्रिय उपद्रो सगसगै बच्चा देखिको छुल्याईको पुर्वदीप्ति भो -

 ** **

भोलिपल्ट देखि नास्पातिको थुन्से मावलिमै उपलब्ध हुन थाल्यो ! खाए पनि भो ! फ्याँके पनि भो !! झापामा एउटा नास्पाती ६ टुक्रा पारेर एउटा भेट्ने केटोले थुन्से नै भेटेको ! आधी टोक्दै फाल्दै !! गणतान्त्रिक सांसदले बजेट भेटेझैं भो !! श्राद्ध होस या सत्यनारायणको पुजा होस भान्जाको उपस्थिति अनिवार्य ! नत्र हजुरआमाको निलम्बन पक्का ! गाई छाप चरो छाप पैसा भेटेपछि भान्जो दङ्ग ! गोठमा बाँसको टोड्को छेडेर मामाले खुत्रुके बनाई दिनु भएको थियो ! बर्ष दिनको कलेक्सन एक पोको थियो ! बर्ष दिनको सुधारकेन्द्र बसाई पछि मातृसंस्था पुनः प्रवेश भो !

सनिवार बिहानै मुमाको उर्दि सुनिन्थ्यो छिमेकी आमाहरुका लागि - लौ है ! आज अरिङ्गाले तह लाउनु छ ! अरिङ्गाले मेरो उपनाम !
मलाई घिसार्दै ईनार छेउ लगेर कोहि हात कोहि खुट्टा समातेर चिसो पानी खन्याउदै साबुन दलेर मयल बिसर्जन गराउनु लाई अरिङ्गाले तह लाउनु भनिन्थ्यो उसबेला ! त्यो स्नान युद्धमा आमाहरुलाई झण्डैझण्डै बिहारी शैलिकै गाली बके तापनि उप- बिजेता हुनुको बिकल्प थिएन ! साप्ताहिक संकट टारिन्थ्यो ! दस बर्षकै उमेरमा पनि छुल्याईमा कुशलता हासिल थियो !

छुल्याई बढ्दै गएपछि सुधारकेन्द्र हाल्ने योजना अनुसार मलाई मामाघर पठाउने प्रस्ताव पारित भो ! चतरा बाट कुनै बेला दौडिदै त कुनै बेला ढाकर सवारी पछि ६ दिनको यात्रा पश्चात् गोगने पुगियो ! झापा र भोजपुरको पानी युद्धको चेपमा परि करिब १५ दिन पछि ओछ्यान छोडियो ! एक कक्षा सकेर उकालो चढेको  दुईमा भर्ना हुन खाण्टाङ्गडाडा स्कुल पुगेको केटो पहिलो दिननै सहपाठी भकुरेर फर्कियो ! उहिले भारत बर्षमा झाँसिकि रानी भएझैं गोगनेमा हजुरआमा हुनुहुन्थ्यो ! भोलिपल्ट देवालीभङ्याङ्ग प्राङ्गणमा हाजिर भएर गोदाई खानेले नै माफी माग्नु पर्‍यो ! त्यो पनि गोडा ढोगेर ! उल्टै उसको परिवारले भान्जा कुटेको आरोप खेप्नु पर्‍यो !!

भोलिपल्ट देखि स्कुल मिडप्याक ! मेरो ताण्डवले गोगनेमा समेत कुख्याती कमाउन थाल्यो ! सुरक्षाकवच हजुरआमा !! शाहीकालको पारसकै ताल भो - बिना हेल्मेट जता कुदे पनि भो !  मुमा हटिया हिंड्ने बेलामा " सिङ्गो नास्पाती ल्याईदिने भए घरमै बस्छु " भन्दै दङ्ग्याउनेले पहिलोपटक रुखै देखेको ! हनुमानले अशोक बाटिका भेटेझैं भैगो ! पण्डित मामा ( खगेश्वर न्यौपाने ) ले  " बस भान्जा ! म टिपिदिन्छु " भन्दा समेत अशोक बाटिकाको हनुमान हुन खोज्दै रुख चढ्दा हाँगा भाँच्चिएर लड्दा उल्टै मामा हजुरआमाको नजरमा निलम्बनमा पर्नु भएको थियो ! छुल्याई गर्ने भान्जो ! निलम्बित हुने मामा !! ठ्याक्कै सुडान काण्ड !! उपद्रो गर्ने नेता जि ! जेल जाने चै आईजिपी !!

भोलिपल्ट देखि नास्पातिको थुन्से मावलिमै उपलब्ध हुन थाल्यो ! खाए पनि भो ! फ्याँके पनि भो !! झापामा एउटा नास्पाती ६ टुक्रा पारेर एउटा भेट्ने केटोले थुन्से नै भेटेको ! आधी टोक्दै फाल्दै !! गणतान्त्रिक सांसदले बजेट भेटेझैं भो !! श्राद्ध होस या सत्यनारायणको पुजा होस भान्जाको उपस्थिति अनिवार्य ! नत्र हजुरआमाको निलम्बन पक्का ! गाई छाप चरो छाप पैसा भेटेपछि भान्जो दङ्ग ! गोठमा बाँसको टोड्को छेडेर मामाले खुत्रुके बनाई दिनु भएको थियो ! बर्ष दिनको कलेक्सन एक पोको थियो ! बर्ष दिनको सुधारकेन्द्र बसाई पछि मातृसंस्था पुनः प्रवेश भो !

 ** **

सुधारकेन्द्र बसे तापनि सुधार शून्य ! एक पास गरेर दुई नपढी षडानन्द सरको सोर्सले तिन कक्षा पसेको केटो ! पहाडमा मकै चपाएर मोहिले निलेको ज्यान ! तुजुक गोगनेकै ऐजन ..... ! क्लासको अलि लामो कपाल धारी सहपाठी भुत्ल्याईयो ! विपक्षी केटो रुँदै अफिस कोठा तिर लागेको थियो ! तुरुन्तै केपि सर आएर मेरो गाला चड्काउनु भो ! गोगनेमा मेरि हजुरआमा भएझैं बिरेन्द्र माबी मा सरोज पोख्रेलका लागि " केपि काका " निस्किनु भो ! खुट्टा ढोग्नु त परेन तर कान समातेर केहिबेर मुर्गा बनेपछि कैद भुक्तान भो ! गोगने हुँदा  शाहिकालको पारस जस्तो ज्ञानमणि तल झरेपछि गणतन्त्रको ज्ञानेन्द्रको हालतमा पुग्यो ! अलिपछी खै ? कसरी मिलियो !  दुबै मिलेर अरुलाई ठटाउन थालियो ! अहिले ओलि तह लाउन देउवा र प्रचण्ड मिले जस्तो !! दोस्ती प्रगाढ भो !! मावली बाट प्राप्त गाई चरो छाप पैसा छदैथियो ! बेलाबेला गङ्गा चित्र मन्दिरको गान्धी क्लास पनि सगै भ्याईन्थ्यो ! दुई चार हुक्के पनि बनाईयो ! अहिलेका तस्कर नेताले दास कार्यकर्ता बनाएझैं !

 ** **

सिनेमाको लत उहिले देखि नै ! सिनेमा हिन्दी ! आफू परियो भर्खर पहाड बाट झरेको ! मेरो हिन्दी र  प्रचण्डले रामदेवका अघि खुलामञ्चमा बोलेको हिन्दी उस्तै ! बुझ्न त परै जाओस ! सुरु सुरुमा माहिलो दाजुलाई दोभाषे नियुक्त गरियो ! टिकट काट्ने र हाफटाईममा बदाम ख्वाउनुपर्ने ! भाषा बुझ्न थालेपछि दोभाषेको अनिवार्य अवकास भो ! खाईपाई आएको सुबिधा कस्ले पो छोड्छ र ? माल्दाईले रमाइलो षड्यन्त्र रच्यो - हल्दिवारी खेती बाट फर्किदा बाटोमा सुँगुर मार्दै गरेको समूह भित्र छिरेर रमिता हेरेर फर्केपछी सोध्यो - तैंले सुँगुर मार्ने मान्छेलाई छोईस ? मैले स्वीकृति सुचक टाउको हल्लाएपछी बोल्यो - खत्तम भो ! तेरो जात गयो !

सुँगुर मार्ने मान्छे छुँदा कसरी जात जान्छ ? मेरो प्रतिवादमा उसको तर्क यस्तो रह्यो - भुइँको धुलो माटो सम्याएर मेरो नाम लेख्यो - ज्ञानमणि भुजेल ! आफ्नो नाम लेख्यो - रमेश भुर्तेल ! मेरो जति पटक लेख्दा पनि भुजेल नै हुने ! उसको लेख्दा भुर्तेल हुने ! जात त गएकै हो ! मेरो रोदन बिच सर्त तेर्सियो - सिनेमा हेराउने भए जात फिर्ता ल्याईदिने ! प्रस्ताव स्वीकारको बिकल्प थिएन ! मलाई आँखा चिम्लिन लाएर केही मन्त्रोच्चारण सहित भुइँको माटो मेरो निधारमा दल्देपछी  फेरि नाम लेख्दा ज्ञानमणि भुर्तेल लेखिएपछी जात फर्कियो ! निकैपछी चेत खुल्यो - प्रचण्डले देउवालाई उल्लु बनाए जस्तो दाजुले मलाई बोरामा हालेछ ! दाजुलाई सिनेमा हेर्नू थियो ! प्रचण्डलाई छोरी मेयर बनाउनु थियो !

** **

सगरमाथा मिलमा धानको भाउ काट्न पुगियो ! किशोरी मुन्सी मिलको गद्दीमा ! मुमा र भरत दाजु कुर्सीमा बस्नु भो ! गद्दीको तल एक , पाँच , दस का भारु नेरु नोट छरिएका देखेपछि मेरो खुट्टो चिलायो ! म टुक्रुक्क बसेर खुट्टा कन्याउदै पैसा टिप्न थालें ! हाफपेन्ट भित्र पैसा घुसारि सकेपछी सास रोकेर बसियो ! घर आएर गन्दा ६५ रुपैया पुग्यो ! २५ पैसा सिनेमाको टिकट र बदाम १० पैसा हुँदा एउटा सिनेमा खर्च पुग्ने जमानामा  ६५ साथमा हुनु भनेको त अहिलेको चाउचाउ चौधरी जत्तिकै  भईयो नि ! काङ्ग्रेसको समानुपातिक किन्न सक्ने !

 पैसा त बटुलियो अब पचाउन गार्‍हो भो ! छिमेकमा म भन्दा छुल्याहा थियो तर हाम्रो  ३६ को रिस्ता !! बाध्यता थियो - सबै खुलस्त पारेर सिनेमा देखाउने प्रस्ताव गरेपछि पैसा आफुले राख्ने सर्त तेर्स्यायो ! मौकामा कोढिका पाउ पमि मोल्नुपर्ने उखान अनुमोदन गरियो ! देउवाले आफ्नो कुर्सी बचाउन प्रचण्डको पाउ मोले जस्तो आफुले पनि त्यसै गरियो ! पैसा रहुन्जेल हाम्रो गठबन्धन पनि कायम रह्यो !  मुलुकको अहिलेको राजनीति झैं !

 ** **

कक्षा ७ को कुरो हुनुपर्छ ! शैक्षिक भ्रमणको कुरो उठ्यो ! काठमाडौ जाते आते ३०० को बजेट सुनाउनु भो खडानन्द सरले ! मासिक १० रुपैया फि समयमा तिर्न मुस्किल पर्ने  समयमा अहिले माकुनेले बहुमत पुर्याउनु जस्तै थियोे मेरा लागि ! मेरो प्रस्ताव दर्ता नै नभै मुमा बाट दरपीठ भएको अबस्थामा एउटा गज्जव चमत्कार भो ! मुमाको नौगेडी चुँडिन पुग्यो ! रुमालमा पोको पारेर खुल्ला बाकसमा राखेपछी म भित्रको सैतान बोल्यो - साँईला भुर्तेल ! काठमाडौ घुम्ने मौका यहि हो ! मौकाको सदुपयोग गर केटा ! एउटा दानाले तीन सयको जोहो सोचेर टिपियो र गोपाल कट्टुको ईजारमा घुसारियो ! पोख्रेल बाजेले टेन्किमा पैसा लुकाएझैं ! कहिल्यै आफ्नो लुगा नधुने केटो नुहाएपछी कट्टु आफैं धुन थाल्यो ! संका सबैको म प्रती नै भए तापनि मेरो किताबको बक्सा देखि ओछ्यान सबै खानतलासी गर्दा समेत  बास्कोटाको सत्तरी करोडको प्रमाण फेला नपरे जस्तै भो ! कट्ट्को ईजार भित्र लुकाएको कुरो कसरी भेटियोस ?

चोर पत्ता लाउने त्यस समयको प्रबिधि पानी बत्ती बाल्ने निधो गर्‍यो घरको सरकारले ! तीन दाजुभाइ र आफैंले बिर्सेको हो कि ? भनेर मुमाको समेत गरि चार जनाको नाममा थालमा पानी राखेर अन्खोरा घोप्ट्याएर बत्ति बालियो ! सास रोकेर बसेको म जब माहिलो दाजुको नामको बत्ती बल्यो दङ्ग परेर हाँसेर माहिलो तिर चोर औंला देखाउने बित्तिकै दाजुले मेरो कपाल समातेर भुइँमा पछारेर भकुर्दै - निकाल ! नौगेडी कहाँ छ ? को प्रतिवादमा केही बेर ईन्कारी युद्ध लडेपनी प्रचण्डले जतिसुकै जनयुद्धको तुजुक देखाएपनी सम्झौता नगरी नभएजस्तै मेरो पनि हालत त्यस्तै भो ! आत्मसमर्पण गरियो ! शैक्षिक भ्रमण पनि पप्पु कन्ट्रक्सन जस्तै भो ! बिचमै तुहियो !! बिना बित्थामा आफ्नै घरमा असफल डकैती गरियो !

 ** **

अब लाहान कथा - यो चै ०५२ तिरको हुनुपर्छ ! सांसद टिकट पाउन योग्य उमेर ! झापा बाट काठमाडौ जाने क्रममा खोलेर सिट मुनि राखेको जुत्ता खोज्दै जाँदा एउटा पर्स हात पर्‍यो ! सगरमाथा मिलको पैसा पचाउदै आमाको नौगेडी चोर्नेले बसमा भेटेको लावारिस पर्स किन छोड्थ्यो ? टिपेर कुदो केटो ट्वाईलेट ! मधुरो बत्तिमा गन्दा एकाध भारु सहित करिब ७०० जति गोजीमा हालेर पर्स बारिमा हुत्याएपछी साखुल्ले हुँदै केटो बसमा पुग्यो ! रन्जन कोइराला स्वास्निको लास पोलेको ठाउँ हेर्न पुगे जसरी ! एउटा तराई मुलको केटो डाको छोडेर रुदै गरेको देखेपछी खोजी टोलिमा केटो पनि सामेल भो
! भरत दाजुले भावुकता देखाउदै १०० दिनुभो ! अरुले पनि १० / २० थपिदिए ! साहुले भातको पैसा मिनाहा गर्दिए ! ७०० जति हराएको केटोले १००० जति चन्दा प्राप्त गर्‍यो ! उ र म दुबै फाईदामै रह्यौ !

भोलिपल्ट काठमाडौ पुगेपछि यो काण्ड बर्णन गर्दा दाजुले केही नबोली लात्तले दिएर भितामा पुर्याईदिनु भो ! अनि तानेर बनकाली लगेर त्यो पैसा सडकपेटिमा माग्न बसेको अपाङ्गलाई दान गरेपछि मात्रै घरमा पुनः प्रवेश भो !!!

यी बाहेक सगरमाथा चोकका ग्याङ्ग बटुलेर बगानका आँप चोर्नु ! सिनेमा हलमा गएर रिल चोरेर बिरुले गब्बरको घाँटी न्याकेको रिलको टुक्रो एक रुपैयाँमा बेच्नु ! किच्चकबध मेलामा जिलेवी खाएर तिर्पालको कुना बाट टस्प कस्नु ! काशी बयर चोरेर  हाफपेन्टको गोजि भरेर भाग्नु ! कृष्ण अष्टमीका दिन भजन गाउने समुहमा छिरेर पैसा टिप्दै सिनेमा खर्च जोहो गर्नु ! मेलामा सर्कसको गेटकिपर धम्क्याएर फ्री मा सर्कस हेर्नू !! खापको खोजीमा ठाकुरगन्ज सम्म पुगेर बिहारी कुट्नु जस्ता नगर स्तरीय छुल्याई त कति कति ?

** **
    

अब अग्रदीप्तिका गन्थन .........

बच्चै देखिको अरिङ्गाले ! सुधारकेन्द्र हाल्दा समेत नसुध्रीने ! झापा देखि भोजपुर सम्म पुगेर गुण्डागर्दी भ्याईदिने ! गाउँ मात्रै हैन घरमै समेत डकैती कुशल ! कहिले मिलको पैसा त कहिले अर्काको पर्स नै पचाई दिने अनि भविष्यमा चोरी डकैती तस्करी  गर्दै भट्टामा मान्छे पोल्न सक्ने अपार सम्भावना बोकेको कुशल छुल्याहालाई टिकट बाट बन्चित गर्नु समग्र काङ्ग्रेस पार्टीको मात्र नभएर मुलुककै दुर्भाग्य ठहर्छ ! ०७९ त खुस्किहाल्यो अब ०८४ मा चै काङ्ग्रेसले यो गम्भीर गल्ती सच्याओस ! एउटा होनहार सांसद नगुमाओस !!

उल्लेखित र सम्भावित सबै छुल्याई सतप्रतिसत सत्य हुन ! कार्ड देखाएर डिस्काउन्ट माग्ने कोशिस कसैले पनि नगर्नु होला !!
              जय नेपाल !!!

प्रतिक्रिया