नवाैं बृहत राष्ट्रिय खेलकुद

नवाैंमा पनि नेपाल आर्मीकाे वर्चश्व, १७२ स्वर्णसहित शीर्ष स्थान

पाेखरा। नेपाल आर्मी क्लब गण्डकी प्रदेशमा सम्पन्न नवाैं बृहत राष्ट्रिय खेलकुदकाे च्याम्पियन बनेकाे छ। उसले ३ सय ९६ इभेन्ट्सका लागि भएकाे प्रतिस्पर्धामा १ सय ७२ स्वर्णसहित कूल ३ सय ७१ पदक जितेकाे छ। नेपाल आर्मीले १ सय १० रजत र ८९ कास्य जित्न सफल भयो। 

आर्मीलाई पछ्याएकाे सशस्त्र प्रहरीकाे एपीएफल क्लब दाेस्रो र नेपाल पुलिस क्लब तेस्रो भयाे। नवाैंकाे आयोजना गरेकाे गण्डकी प्रदेश चाैथाे भयाे भने बाग्मती प्रदेश पाँचाै स्थानमा रहन सफल भयाे। प्रदेश नम्बर १ छैटाैं तथा सुदूरपश्चिम साताै भयो। गैरआवासीय नेपालीहरुकाे संगठन एनआरएनए आठौं तथा लुम्बिनी प्रदेश नवाै‌ स्थानमा रहन सफल भयो। दशाैंमा मधेश प्रदेश र एघाराैंमा कर्णाली प्रदेश भयो। 

एपीएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित कूल २ सय १९ पदक जितेकाे छ। यस्तै नेपाल पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी कूल १ सय ९५ पदक जितेकाे छ। 

गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कूल १ सय २० पदक जितेकाे छ। बाग्मती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कूल १ सय ४५ पदक जितेकाे छ। 

प्रदेश नम्बर १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कूल ८३ पदक जितेकाे छ। सुदूरपश्चिमले १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कूल ६३ पदक जितेकाे छ। एनआरएनएले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कूल २६ पदक जितेकाे छ। लुम्बिनीले ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कूल ६८ पदक जितेकाे छ। मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कूल ३९ पदक जितेकाे छ। 

कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कूल १८ पदक जितेकाे छ।

प्रतिक्रिया