नवाैं बृहत राष्ट्रिय खेलकुद

निसिमको पोखरा रंगशालामा सालिक बन्ने

पोखरा।  प्याराग्लाइडिङका क्रममा ज्यान गुमाएका नेपाली सेनाका निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अद्र्धकदको सालिक स्थापना हुने भएको छ। नवौं राष्ट्रिय खेलकुदको समापनअघि बुधबार राती बसेको राष्ट्रिय खेलकुद परिषदको ११५ औं बोर्ड बैठकले यो निर्णय गरेको हो। 

निसिमको खेलकै दौरान दुर्घटनामा निधन भएको थियो। उनले क्रस कन्ट्रीतर्फ भाग लिएका थिए। राखेपले प्रतियोगितामा भाग लिने खेलाडीको लागि १० लाख रुपैयाँ बराबरको बिमा गरेको थियो। परिवारलाई राहतस्वरुप त्यो रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिस गरिने निर्णय भएको सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए। 


 

प्रतिक्रिया