नवाैं बृहत राष्ट्रिय खेलकुद

कर्णालीकाे सपना पूरा, दशाैं बृहत राष्ट्रिय खेलकुदकाे जिम्मेवारी

पाेखरा। लामाे समयदेखि बृहत राष्ट्रिय खेलकुद गर्ने सपना बाेकेकाे कर्णालीकाे अन्तत प्रतियाेगिता आयोजना गर्ने सपना पुरा हुने भएकाे छ। नवाैं राष्ट्रिय खेलकुदको समापनअघि बुधबार राती होटल बाराहीमा बसेकाे राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौं संस्करणको जिम्मा कर्णाली प्रदेशलाई दिने निर्णय गरेकाे हो। 

२०३८ सालदेखि सुरु भएकाे बृहत राष्ट्रिय खेलकुदकाे अवधारणामा प्रत्येक २ वर्षमा पूर्वाधार विकाश गर्दै विभिन्न अञ्चललाई आयोजनाकाे जिम्मा दिने भनिएकाे थियो। तर कमजाेर पूर्वाधार र राजनीतिक उथलपुथलका कारण कर्णालीले कहिल्यै अवसर पाएकाे थिएन। काठमाडौं, नेपालगञ्ज र पाेखरा जस्ता शहरले दाेहर्याएर प्रतियोगिता आयोजना गर्दा पनि कर्णालीकाे पालाे आएकाे थिएन।

तर, बुधबारकाे बैठकले २०८१ सालमा कर्णालीमा दशाैं संस्करणकाे आयोजना गर्ने निर्णय गरेकाे हो। ‘वर्ष तय भए पनि मिति तय भएकाे छैन। बैशाखदेखि मंसिरसम्मकाे बीचमा तय हुन्छ होला,’ बाग्मती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिए। 

कर्णाली प्रदेशकाे सूर्खेतमा २०३१ सालमा तत्कालीन राजा वीरेन्द्र शाहकाे राजगद्धी आराेहण महाेत्सवकाे बेला सबैभन्दा ठूलाे प्रतियाेगिताकाे रुपमा पहिलाे पल्ट दाेस्रो राष्ट्रिय भलिबल प्रतियोगिताकाे आयोजना भएकाे थियो। 

बिहीबारकाे समापन समाराेहमा कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ।

 

प्रतिक्रिया