राष्ट्रिय खेलकुदको ४१ वर्ष लामो इतिहासमा पहिलोपल्ट दुर्घटनामा खेलाडीको मृत्यु

पोखरा। बृहत राष्ट्रिय खेलकुदको ४१ वर्ष लामो इतिहासमा पहिलो पल्ट खेल खेल्ने क्रममा खेलाडीको दुर्घटनामा परेर मृत्यु भएको छ। 

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार भएको प्याराग्लाइडिङतर्फ क्रसकन्ट्री इभेन्टमा नेपाल आर्मीका निसिम थापाको निधन भएको हो। बिहान ११ बजेर ३० बजे सराङ्कोटमा भएको स्पर्धामा थापाको मृत्यु भएको थियो।

खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीका चालक थापा उडिरहेको अवस्थामा सय मिटर माथिबाट सारङकोटस्थित जमिनमा खस्न पुग्दा थापा गम्भीर घाइते भएको नेपाल प्रहरीले पुष्टी गरेको छ। उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पताल पुर्याइएका थापाको १२स्४५ मा मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए। 

प्रतिक्रिया