दशैंको मुख्यदिन यस्तो छ तपाईंको राशिफल

मेषः जिम्मेवारीको विशेष वहन गर्नु पर्नेछ। सोचेका कामले सफलता पाउने छ। व्यापार व्यावसायबाट लाभ हुनेछ। विपरीत लिङ्गी मित्रबाट सहयोग मिल्नेछ।

वृषः आज राम्रा कुराको चर्चा चल्नेछ। आकस्मिक शुभ समाचारले मन खुशी रहला। अध्ययन अध्यापन तथा ब्यवसायमा प्रचूर लाभको योग रहेको छ।

मिथुनः आज स्वास्थमा समस्या आउनाले धनको क्षति हुनेछ। शरीर भारी र मन अस्थिरतामा रूमलिनेछ। भैरवको पूजा गरेर कामको थालनी गरे सफलता हात पर्न सक्छ।

कर्कटः अचल सम्पत्ति हात पर्न सक्छ। धार्मिक कार्यमा मन लाग्नाले मनमा शान्ति छाउनेछ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

सिंहः शुभ कर्मको चर्चा चल्नाले आनन्दानुभूति हुनेछ। नयाँ काम वा रोजगारीको सम्भावना रहेकोछ। राजनीतिक क्षेत्रमा मन जानेछ। जोस जाँगर पराक्रम बढ्नेछ।

कन्याः बुद्धिको प्रयोगले जटिल काम पनि सहजताको दायरामा ल्याउन सकिनेछ। आयआर्जनको क्षेत्रमा प्रगति हुनेछ। वौध्दिकतामा निखार आउनेछ।

तुलाः अचानक मनमा चिन्ता बढ्न सक्छ। शंका उपशंकाले मनमा डेरा जमाउन  सक्छ। पेट सम्बन्धि समस्या हुन सक्छ। गाईलाई खान दिएर काम थाल्दा शुभ हुनेछ।

वृश्चिकः आज वौध्दिक विकासको योग रहेकोछ। धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने समय रहेको छ। गोष्ठी या सेमिनारमा सम्मिलित हुन सकिनेछ।

धनुः अध्ययन अध्यापनमा विशेष सफलता मिल्नेछ। अरूको मन जितेर काम बनाउन सकिन्छ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मनमा सन्तोष मिल्नेछ।

मकरः मानसिक चिन्ता बढे पनि कार्यमा सफलता भने मिल्नेछ। अरूलाई प्रभावित बनाएर काम हातमा लिन सकिनेछ। साझेदारी कामबाट फाइदा मिल्नेछ।

कुम्भः आज कार्यक्षेत्रमा समस्या आउन सक्छ। सरकारी निकायबाट झ्याउला झमेला आउन सक्छ। मनमा शंखा र अविश्वासको भूमरी चल्न सक्छ। भँगेरालाई खान  दिएर गरेको कमले सफलता पाउनेछ।

मीनः आफ्नो कार्यक्षेत्रमा राम्रै प्रभुत्व जमाउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। धनार्जनका नयाँ श्रोतहरू हात पर्नेछन्। मान प्रतिष्ठामा वृद्धि हुनेछ।

                          राशिफलले जे भने पनि तपाईंको दिन शुभ रहोस्, हरि ॐ तत्सत् !!

प्रतिक्रिया