'एमालेले संविधान कार्यान्वयनमा जिम्मेवार भूमिका निर्वाह गरोस्'

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाले कानुनी शासन र जनअधिकारको रक्षाका लागि सबै पार्टीको एउटै लक्ष्य हुनुपर्ने बताएका छन् ।

शुक्रबार चितवनमा नेकपा एमालेको महाधिवेशनको सफलताको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले हिजो सबै मिलेर संविधानसभाबाट संविधान ल्याएको र त्यसलाई कार्यान्वयन गर्न पनि सबै दलको दायित्व भएको बताए ।

उनले भने, ‘सबै मिलेर संविधानसभाबाट संविधान ल्यायौं यसलाई कार्यान्वयन गर्ने दायित्व सबै दलसँग छ । यसलाई संस्थागत गर्न जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्छु । मतभिन्नता भएर अलग अलग दलमा आवद्ध भएका छौं । तर देश र जनतासँग जोडिएका मुद्दामा सहकार्य संवाद आवश्यक छ ।’

उनले हिजोका दुःखलाई ध्यानमा राखेर आगामी दिनमा जनताले दुःख नपाउन भनेर सरकार त्यसमा लागेको बताए । उनले भने,‘प्रजातन्त्रका लागि हिजो हामी सँगै जेलनेल बस्यौं । हिजो दिनमा भोगेका दुःखलाई सम्झेर अब नेपालीले दुःख भोग्नु नपरोस् । त्यसमा सरकार दृढ छ र एमालेले पनि ध्यान दिनुपर्छ।’


 

प्रतिक्रिया