नागरिकता विधेयक विवादः उपराष्ट्रपतिले गरे राष्ट्रपति भण्डारीको आलोचना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्थाको उल्लंघन गरेको भन्दै उपराष्ट्रपति नन्दबहादुर पुनले घुमाउरो शैलीमा आलोचना गरेका छन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालना र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको भनेर राष्ट्रपतिलाई जिम्मेवारी सम्झाएका छन्। 

स्मरणीय छ, राष्ट्रपति विद्यादेबी भण्डारी नेकपा एमालेकी नेतृ हुन् भने उपराष्ट्रपति पुन माओवादी केन्द्रको जनसेनाका कमाण्डर हुन्। राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित भएपछि यी दुवैले पार्टीका पदहरुबाट राजीनामा दिएका हुन्। तर यस्ता राजनीतिक उतारचढाव हुँदा भने यी दुवैको भूमिका निरपेक्ष हुननसकेको भनेर टिप्पणी हुने गरेको छ। उपराष्ट्रपति पुनको पार्टी सत्ता गठबन्धनमा छ, उसले राष्ट्रपतिको कदमको आलोचना गरिसकेको छ। तर राष्ट्रपति भण्डारीका पार्टी एमाले भने नागरिकता विधेयक प्रमाणिकरण नगरिदिएकामा असन्तुष्ट देखिँदैन। उसले यो बिषयलाई आगामी निर्वाचनको राजनीतिक मुद्दा बनाएर मत बटुल्ने रणनीति बनाएको छ।

दलीय झुकावबाट बच्न नसकेका यी दुइ नेताले राष्ट्रिय राजनीतिमा उत्पन्न तरंगमा आफूलाई अलग राख्न नसकेको अहिले पनि प्रमाणित भएको छ। 

उपराष्ट्रपति पुनले आज (बुधबार) विज्ञप्ति जारी गरेरै ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन, बताएका छन्। ‘संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु’ भनेर पुनले राष्ट्रपतिलाई उनको संवैधानिक जिम्मेवारी सम्झाएका छन्।

सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यही असोज ३ गते हर्षोल्लासका साथ मनाएको स्मरण गर्दै पुनको विज्ञप्तिमा भनएिको छ, ‘यस सुनौलो दिनको अवसरमा हामी सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहो¥याएका छौं।’

संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ। पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो।’
  UP RP

प्रतिक्रिया