आबेलाई राष्ट्रिय सम्मानका साथ बिदाई गर्ने कार्यक्रम विवादमा

काठमाडौं। जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार २७ डिसेम्बरमा हुने तय भएको छ। उनलाई राष्ट्रिय सम्मान दिने विषयमा विवाद भएको थियो। अन्तिम संस्कारको समर्थनलाई लिएर सेप्टेम्बरमा भएको याेमिउरी शिन्बुन सर्भेमा ५६ प्रतिशत जापानीले सरकारी खर्चमा गरिने अन्तिम संस्कारलाई लिएर विराेध जनाएका थिए। 

जनताहरुले यसको विराेध गरेका थिए। आबेको राज्यले गर्ने अन्त्येष्टिमा करिब १५ सय करोडको खर्च देखिएको थियो।  

टाेकियो अदालतमा  यसअघि राष्ट्रिय सम्मानमा राेक लगाउन मागसहित रिट दायर भएको थियो। यसमा जनताको पैसा खर्च हुने भन्दै विराेध भएको थियो। जापानको शाही परिवार र प्रधानमन्त्रीको अन्तिम संस्कारमा राष्ट्रिय सम्मान वा सरकारी खर्च गर्ने परम्परा छैन। 

यसअघि सबैको अन्तिम संस्कार निजीस्तरमा आयोजना हुँदै आएको थियो। यसैले पनि यसको विराेध भएको हो। यसअघि राष्ट्रिय सम्मानका साथ कुनै प्रधानमन्त्रीको अन्तिम संस्कार भएको थियो भने ती शिगेरु याेशिदा थिए। १९६७ मा राजकीय सम्मानका साथ उनको अन्तेष्टि गरिएको थियो। 

यसअघि आबेको अन्त्येष्टिमा १ सय ४२ करोड मात्र खर्च हुने बताइएको थियो। जसको खर्च सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टीले नै उठाउने भनिएको थियो। सन् २०११ मा सुनामीबाट देशलाई सकुशल बाहिर ल्याउन सफल भएकाे भन्दै आबेको चर्चा हुने गरेको छ। 

उनको अन्त्येष्टि पहिले १५ जुलाईमा गर्ने भनिएको थियो। ८ जुलाईमा आबेको हत्या भएको थियो। त्यतिबेला उनको अन्त्येष्टि कार्यक्रम स्थगीत भएको थियो। उनको अन्तिम संस्कारमा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, उप–राष्ट्रपति कमला हेरिस, भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलगायत विश्वका ६ हजार ४ सय व्यक्ति समावेश हुने चर्चा चलेको छ। 

 

 

 

 

प्रतिक्रिया