अधिक रक्सी सेवन गरेका पञ्जाब मुख्यमन्त्रीलाई लुफ्थान्साले विमानबाट तल उतार्‍यो

दिल्ली। पञ्जाबका मुख्यमन्त्री भगवन्त मानलाई जर्मनीको फ्याङफर्ट विमानस्थलबाट बाहिर निकालिएको घटनाले भारतमा हंगामा सुरु भएको छ। शिरोमणि अकाली दलका प्रमुख सुखबीर सिंह बादलले ट्वीट गर्दै आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालसँग स्पष्टीकरण माग गरेका छन्। उनले यो घटनाले विश्वमा पञ्जाबीको नाम खराब भएको बताएका छन्। 

भगवन्त मान १७ सेप्टेम्बरमा जर्मनीबाट दिल्ली फर्किदै थिए। यसै बेला लुफ्थान्सा विमानका कर्मचारीले उनलाई फ्याङफर्ट विमानस्थलमा उतारिदिए। यसको कारण उनी अत्याधिक नशामा रहेको बताइएको छ। 

लुफ्थान्सा वेभसाइटमा  विमान शनिबार दिउँसो १ बजेर ४० मिनेटमा उड्ने बताइएको थियो। विमान दिल्लीमा राती १२ बजेर ५५ मिनेटमा उत्रिने तय थियो। तर भगवन्तको खराब व्यवहारका कारण विमानले ४ घण्टा ढिलो उडान भरेको थियो। 

विमानमा भएका अन्य यात्रुले मुख्यमन्त्री भगवन्त अत्याधिक रक्सीको नशामा हिँडडुल गर्न पनि नसक्ने अवस्थामा रहेको बताएका छन्। उनको श्रीमती र सुरक्षाकर्मीले उनलाई सम्हाल्ने असफल प्रयास गरेका थिए। यसै कारण उनलाई विमानबाट उतार्नु परेको थियो। 

भगवन्तका स्टाफले उनलाई विमानबाट नउतार्न आग्रह गरेका थिए। तर उनको अवस्था हेरेर विमान कर्मचारीले कुनै जोखिम उठाउन चाहेनन्। पञ्जाबका मुख्यमन्त्री रक्सीको कूलतका कारण यसअघि पनि बदनाम छन्। उनले २०१९ मा आफ्नो आमाको सल्लाहका कारण रक्सी छोडेको जानकारी दिएका थिए। तर उनीविरुद्ध रक्सीलाई लिएर नराम्रो कुरा बाहिर आइरहेको थियो। 

 

 

 

 

 

प्रतिक्रिया