भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं। भारतविरुद्ध ऐतिहासिक जित दर्ता गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा शुक्रबार राती भएको खेलमा रश्मी घिसिङको आकर्षक गाेलमा नेपाल १–० ले विजयी भएको हो। 

यसअघि नेपालले साफ च्याम्पियनसिपको कुनै खेलमा भारतलाई हराएको थिएन। पहिलो हाफको इन्जुरी समयमा प्रिती राईको पासमा रश्मीले निर्णायक गोल गरिन्। 

नेपालले उपाधिका लागि साेमबार साँझ ५ बजे बंगलादेशविरुद्ध खेल्नेछ। नेपाल पाँचौं पटक फाइनल प्रवेश गरेको हो। 

 

 

प्रतिक्रिया