बैंक कर्मचारी झुक्किदा अर्काको खातामा ११६७७ करोड रुपैयाँ जम्मा 

अहमदाबाद। भारतको गुजरातमा एक जना एम्ब्रोयडरी गर्ने व्यापारी अहिले चर्चामा छन्। उनको बैंक खातामा एक्कासी ११ हजार ६ सय ७७ करोड रुपैयाँ जम्मा भएपछि झण्डै बेहोस् भएका थिए। 

उनी हुन्, रमेशभाई सागर। उनी अहमदाबादमा बसेर व्यापार गर्छन। उनले विगत ५ वर्षदेखि शेयर बजारमा पनि लगानी गरेका छन्। 

एक्कासी प्राप्त भएको रकमबाट शेयर बजारमा २ करोड रुपैयाँ लगानी गर्दा आधा घण्टामा उनले पाँच लाख रुपैयाँ आम्दानी गरेका थिए। 

२६ जुलाई बिहान ११ बजेर ३० मिनेट जाँदा उनको बैंक खातामा अचानक ११ हजार ६ सय ७७ करोड रुपैयाँ देखिएको थियो। यो सबै बैंक कर्मचारीको असावधानीका कारण भएको उनले बताए। ‘जतिबेला मैले खातामा यति धेरै रकम देखे। मलाई आभाष भइसकेको थियो, यो पैसा बैंकलाई फकाउनुपर्ने छ। त्यसैले मैले आधा घण्टाका लागि भए पनि निवेश किन नगरु भनेर शेयरमा हाले।’

यसअघि उनी धेरैमा २५ हजार रुपैयाँ लगानी गर्थे। तर, यति धेरै रकम खातामा आएपछि उनले २ करोड रुपैयाँ लगानी गरे। ‘शेयर बजारको ज्ञान भएका कारण मलाई डर थिएन,’ उनले भने। 

रमेशभाईले ७ कक्षासम्मको पढाई पोरबन्दरमा गरेका छन्। उनले केही ३–४ वर्ष खेतीमा पनि काम गरेका थिए। उनी १६ वर्षको उमेरमा अहमदाबार आएका थिए। यहाँ ४–५ वर्ष अरुको पसलमा काम गरेपछि उनले २००८ बाट आफ्नै काम सुरु गरेका थिए। 

 
 

प्रतिक्रिया