१० वर्षकी कान्छी ‘ट्रान्स जेन्डर’ मोडल

न्युयोर्क। नोएला म्याकमेहर, वर्ष १०। गत फेब्रअरी र सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा आयोजना भएको ‘न्युयोर्क फेसन वीक’ को स्टेजमा हिँड्ने सबैभन्दा कान्छी ट्रान्सजेन्डर मोडल बन्न सफल भइन।  

‘यो उपाधि पाउँदा मलाई धेरै राम्रो लागेको छ,’ शिकागो निवासी यी मोडलले भनिन्, ‘यसले पनि देखाउँछ कि वास्तवमा अरूलाई देखाउन म उपयुक्त छु। यसले अन्य मानिस तथा बच्चाहरूलाई ट्रान्सजेन्डर हुनु नराम्रो होइन भन्ने सन्देश गएको छ।’ 

नोएला गत फेब्रुअरीमा ‘ट्रान्स क्लोथिङ कम्पनी’ को लागि रनवे–७ मा हिँडेकी थिइन। गत शनिबार रेनासियोको लागि सो को सुरुवात गर्ने र अन्त्य गर्ने मोडलमा उनी समावेश थिइन। 

‘केही नयाँ गर्न पाउँदा रमाईलो लागेको थियो। म प्राय: उच्चस्तरको फेसनमा पावर वाक गर्छु। यस पटक मैले कथा सुनाउनु पर्यो,’ उनले भनिन्।

trans child2

नोएलाकी आमा डि र बुवा रे म्याकमाहेर यो कुरामा विश्वस्त छन् कि, उनीहरुको काम आफ्नो सन्तानको सपना पूरा गराउन सहयोग गर्नु हो। उनीहरु लिङ परिवर्तन गरेका अन्य बालबालिकाको पक्षमा वकालत गर्नु पनि आफ्नो दायित्वभित्र पर्ने बताउँछन्। 

‘वास्तवमा म अभियानकर्ता बन्न चाहन्छु र लिङ परिवर्तन गरेका अन्य ट्रान्स बच्चाहरूको अधिकारको विषय उठाउन चाहन्छु’, डि भन्छिन्। 

नोएलाले आफू २ वर्ष हुँदा आफ्ना बुवाआमालाई आफू केटी भएको बताएकी थिइन। र अविभावकले पनि उनको अभियानलाई समर्थन गरेका थिए। 

उनको सक्रियताले लिङ परिवर्तन गरेका बच्चाहरू सामान्य बच्चाहरू भन्दा फरक नभएको देखाउँछ। 

‘हामी गलत शरीरमा जन्मेका थियौं र हामीले भर्खर हाम्रो लिङ्ग परिवर्तन गरेका छौं,’ उनी भन्छिन्। 

ठूली भएपछि के बन्ने चाहना छ, भन्ने कुरामा उनी निश्चित छैनन्। तर तत्कालको उनको योजना भने ‘पेरिस फेसन वीक’को र्‍याम्पमा हिँड्ने रहेको छ।

–राेयटर्स

प्रतिक्रिया