कुपोषण बिरूद्ध आसमानको अग्रसरता

सिरहा। नेपाललाई ४ बर्षभित्र अल्पबिकसितबाट विकासशील अबस्थामा पुर्याउने राष्ट्रिय संकल्पलाई मुर्तरुप दिने सन्दर्भमा अबरोधको रूपमा रहेको कुपोषणलाई समाप्त गर्ने ध्येयले आसमान नेपालले नयाँ कार्यक्रम अघि सारेको छ। यस सिलसिलामा हाल कुपोषणको बास्तविक अबस्थाबारे तथ्यांक संकलन र नागरिक चेतना अभिवृद्धिको लागि मधेश प्रदेशमा कमला नदी प्रभावित क्षेत्रमा भिजिनिंग कार्यशालाहरू आयोजना गरिएका छन्।

मधेश प्रदेशलाई केन्द्रविन्दु बनाएर दुई दशकभन्दा बढी समयदेखि कार्यरत यो गैरसरकारी संस्थाले गरीबी निबारण, कृषि, दिगो पोषण, मातृशिशु तथा परिवार कल्याण, साना किसान, बिपन्नको आयबृद्धिसित सम्बन्धित परियोजनाहरू संचालन गरिआएको छ। नेपालको विकास लक्ष्यित आयोजनाहरूमा सहयोग पुर्याइ आएको जर्मन संस्था डब्लु एच एच ९वेल्फ हंगर हिल्फ० यस कार्यक्रममा पनि जोडिएको छ। 

Ojaswiउसैको सहयोगमा यो कार्यक्रम संचालन भएको जनाइएको छ। पहिलो चरणको यो कार्यक्ममा कर्जन्हा, कल्याणपुर र सिरहा नेपालाई राखिएकोमा गत साता कर्जन्हा नगरपालिकाबाट सुरु भएको थियो। कल्याणपुर पछि गत बिहीबार सिरहामा कार्यशाला सम्पन्न भएको छ ।

सबै कार्यशालाहरूमा स्थानीय जनप्तिनिधिहरू, सम्बंधित नपामा कार्यरत अधिकृत तथा सरकारी र गैर सरकारी सँस्थाका पदाधिकारीको सहभागिता थियो ।

यी कार्यशालाहरूले पोषण कुपोषण तथा खाद्य सुरक्षाबारे सरोकार वालालाई जानकारी दिन र नागरिक चेतना जगाउन महत्वपूर्ण पर्याएको सहभागी हरूले बताएका छन्। कार्यशालाहरूको संचालन बरिष्ठ पोषणविद तथा एक्सन फर ट्रान्सफरमेसनका कर्यकारी अध्यक्ष डा. ओजस्वी आचार्यको नेतृत्वमा आएको टोलीले गरेको थियो।

डा. ओजस्वीले सिरहाजस्तो तुलनात्मक रूपमा विकसित तथा कृषि प्रधान जिल्लामा अझै पनि कुपोषण देखिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै कुपोषण अन्त्य, खाद्य सुरक्षा एवं पोषणमैत्री समाज निर्माणबारे बिस्त्रित रूपमा प्रकाश पारेकी थिईन्। उनले यस्तो कार्यक्रम तेस्रो बहुक्षेत्रीय पोषण नीति र रणनीति तयार गर्ने सन्दर्भमा पनि उपयोगी हुने जानकारी दिए। कार्यशालामा परामर्शदाता कृष्णराज अर्याल, आसमानका परियोजना प्रमुख सितेश तिवारी, एड्भोकेसी अफिसर बसुन्धरा साह, डब्लु एच एचका उत्तम शर्मा र ए अफ टी की अनुशा अधिकारीको सक्रिय भूमिका थियो।

 

प्रतिक्रिया