सेमिफाइनलमा नेपालको सहज प्रवेश, श्रीलंकालाई आधा दर्जन गाेल उपहार

काठमाडौं।  श्रीलंकालाई ६–० गाेल अन्तरले पराजित गर्ने क्रममा नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालकाे जितमा अमिसा कार्कीले दुई, रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाही एक/एक गोल गरे। 

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी थिइन। त्यसको एक मिनेटपछि सरुले अर्को गोल थपेकी थिइन। उनले पुनम जर्घा मगरको पासमा गोल गरेकी थिइन।

नेपालले पहिलो हाफमै ४ गाेलको अग्रता बनाएको थियो। नेपालका लागि १७ औं मिनेटमा अमृताले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाइन् । इन्जुरी समयमा दिपा शाहीले गोल गरिन्ग। 

खेलको ७६ औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाइन् । उनले नै इन्जुरी समयमा दोस्रो गोल गर्दै नेपाललाई ६-० गोलको जित दिलाउन सहयोग गरिन्। नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेकी हो। यसअघि नेपालले ४–० ले भुटानलाई पराजित गरेको थियो। 

भाेलि भारत र ब‌गलादेशबीच हुने खेलकाे उपविजेतासँग नेपालले सेमिफाइनल खेल्ने छ। नेपालको सेमिफाइनल शुक्रबार हुनेछ। 

 

 

 

प्रतिक्रिया