युराेपमा स्वास्थ्य अवस्था दयनीय, उपचारका लागि घुस दिनुपर्ने अवस्था

काठमाडौं। युराेपकाे स्वास्थ्य योजना दिनहुँ दयनीय बन्दै गइरहेको छ। पश्चिमी युराेपको विकसित देश पनि यसको प्रभावमा परेका छन्। बेलायतमा करिब ६५ लाख मानिस उपचारका लागि पर्खाइमा बसेका छन्। यो तथ्यांक सन् २०१९ यता ५० प्रतिशतले बृद्धि भएको हो। 

यस्तै स्पेनको अवस्था पनि खासै सन्तोषजनक छैन। सल्यक्रियाका लागि यहाँका जनताले १२३ दिन वेटिङमा बस्नु परेको छ। १८ वर्षअघि पनि यस्तै अवस्था थियो। विशेषज्ञ याे अवस्था आउनुमा काेभिड–१९ लाई दाेषी मान्छन्। 

काेराेना महामारीका कारण युराेपको स्वास्थ्य याेजनामा अतिरिक्त प्रभाव परेको थियो। अहिले युराेपको स्वास्थ्य अवस्था यति खराब भइसकेकाे छ कि, बिरामीहरु आफ्नो उपचारका लागि डाक्टर तथा नर्सलाई घुस दिन थालेका छन्। यसकाे गाेप्यता यहि साता लण्डनको इम्पीरियल कलेजको रिसर्चले उजागर गरेको छ। 

रिसर्चमा काेराेनाकालमा अस्पतालले अन्य विरामीलाई भर्ती गर्न नमानेको तथ्य पनि उजागर भएको छ। कोरोनाको प्रभाव कम भएसँगै अहिले राेगीहरु धमाधम अस्पताल पुग्न थालेका छन्। जसले गर्दा अस्पतालमा चिकित्सकहरुको अभाव देखिन थालेका छ।  

युराेपमा मात्र अहिले ५ लाख डाक्टरको अभाव भएकाे तथ्या‌ंकमा उल्लेख छ। यस्तै १० लाख बढी स्वास्थ्यकर्मीकाे अभावका कारण युराेपको थुप्रै देशमा अस्पतालमा रिक्त रहेको पदमा नियुक्ति हुनसकेको छैन। 

युराेपकाे क्यान्सर अर्गनाइजेसनको तथ्यांक अनुसार त्यहाँ १० कराेडको हाराहारीमा क्यान्सर स्क्रिनिङ टेस्ट हुन सकिरहेको छैन। बेलायतका डा. मार्क लाेलर भन्छन्– काेराेनाका कारण बैंक बन्द हुँदा केही वर्षसम्म हामीले आफ्नो क्षमतालाई बढाएर १३० प्रतिशतसम्म काम गर्नुपर्ने हुनसक्छ।

युराेपियन युनियनका अनुसार स्विट्जरल्याण्डमा स्वास्थ्यमा सबैभन्दा बढी एक व्यक्तिमा लगभग ७ लाख ७३ हजार रुपैयाँ खर्च भइरहेको छ। दाेस्रो नम्बरमा नर्वे छ। याे देशमा पनि प्रति व्यक्ति ६ लाख ४० हजार खर्च आउने गर्छ। 

युराेपेली मेडिकल काउन्सिलका अनुसार युराेपमा १० मध्ये ४ व्यक्ति डिप्रेसनकाे शिकार भएका छन्। डाक्टरको कमिका कारण डिप्रेसनका बिरामीले पनि उपचारका लागि समय पाइरहेका छैनन्। फ्रान्समा डिप्रेसनका राेगीले उपचारका लागि ६० दिनसम्म कुर्नुपर्ने अवस्था छ। 

–एजेन्सी

 

प्रतिक्रिया