महँगीको मारमा युरोपेली देश

काठमाडौं। एसिया र अमेरिकामा मात्र होइन, युरोप पनि अहिले महंगीको मारमा परेको छ। अझ, युरोपेली देशले त महंगीको दोहोरो मार खेप्नु परेको छ। यसै कारण सरकारले राहतका लागि विभिन्न उपायको खोजी गरिरहेको छ। 

जर्मनी सरकारले आफ्नो नागरिकलाई राहत दिन र देशको अर्थव्यवस्थालाई चलयमान बनाउन ६५ अर्ब पाउण्डको प्याकेजको घोषणा गरेको छ। 

पछिल्लो समय जर्मनीले सार्वजनिक गरेको यो तेस्रो ठूलो राहत प्याकेज हो। यो प्याकेजमा बृद्धबृद्धालाई महिनाको ३६ हजार रुपैयाँ र विधार्थीका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ। 

स्वीडेनमा आकस्मिक फण्ड

स्पेनले महंगीको मारमा परेका आफ्ना नागरिकलाई राहतस्वरुप ट्रेन यात्राको टिकट निःशुल्क उपलब्ध गराइसकेको छ। स्पेनका नागरिकले अब ३ सय किलोमिटरको यात्राका लागि पैसा खर्चिनु पर्ने छैन। निःशुल्क यात्राको योजना यो वर्षको अन्त्यसम्म कायम रहने बताइएको छ। 

यस्तै, स्विडेनले विजुली उत्पादनमा तीब्रता ल्याउन उद्योगीहरूलाई आकस्मिक फण्ड उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि सरकारले विजुलीको बढ्दो शुल्कलाई रोक्न ६६ हजार करोड रुपैयाँको घोषणा गरेको थियो। 

स्पेनमा पर्यटकलाई पनि ट्रेन सेवा निःशुल्क

स्पेनमा महंगी ११ प्रतिशतले बढेको छ। यसै कारण निःशुल्क ट्रेन यात्राको सुविधा स्पेनी नागरिकले मात्र होइन, पर्यटकलाई पनि उपलब्ध गराउने निर्णय भएको छ। पर्यटकले बढी खर्च गरुन् भन्ने उद्देश्यले ट्रेनको यात्रालाई निःशुल्क बनाउन लागिएको हो। गत जुनमा स्पेनले पनि ७५ हजार करोड रुपैयाँको राहत प्याकेजको घोषणा गरेको थियो। त्यतिबेला कर कटौतीदेखि पेन्सन र सब्सिडीमा बृद्धि भएको थियो। 

लिथुआनियामा २० प्रतिशत महंगी 

युरोपका १९ देशमा अहिले ९ प्रतिशतले मूल्यवृद्धि भएको छ। एक वर्षअघि यी देशमा ३ प्रतिशत मात्र महंगी बढेको थियो। 

युरोजोनमा पर्ने ९ देशमा महंगी १० प्रतिशतभन्दा माथि पुगेको एउटा तथ्यांकले पुष्टी गरेको छ। यो जोनमा पर्ने लिथुआनिया र लात्भियामा त महंगी १० प्रतिशतले बढेको देखिएको छ। 

युरोपमा फ्रान्स मात्र एक्लो राष्ट्र हो, जसको महंगी ६ दशमलव ५ प्रतिशतमा स्थिर छ। बेलायती विश्लेषकहरूले आउँदो अक्टुबरमा ग्यास तथा बिजुलीको मुल्य दुई गुणाले बृद्धि हुने बताइसकेका छन्। यसले लाखौं मानिसको घरको चुलो प्रभावित गर्ने पक्का छ। 

कोरोना र रुस–युक्रेन युद्धका कारण अहिले इन्धनको मूल्य बार्षिक ३८ दशमलव ३ प्रतिशतले बढिरहेको छ। 
 

प्रतिक्रिया