बेलायतमा चोरी भएको कार पाकिस्तानमा फेला

काठमाडौं। बेलायतको राजधानी लण्डनमा चोरी भएको एउटा लक्जरी कार पाकिस्तानको कराचीमा फेला परेको छ। 

घटना २ सेप्टेम्बरको भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। लण्डनमा बेन्टले मल्सेन सेडान कार चोरी भएको छ। तर, कार कराचीको एउटा आलिशान बंगलाबाट बरामद भएको छ। 

मिडिया रिपोर्ट अनुसार बेलायतको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) ले पाकिस्तानी अधिकारीलाई यसको जानकारी उपलब्ध गराएका थिए। यसपछि छापा हान्न सुरु भएको थियो। कार केही साताअघि चोरी भएको र चोरीको कार पाकिस्तानी नागरिक जमिल शफीलाई बिक्री गरिएको थियो। 

कार बिक्रीमा संलग्न दलाल पनि पक्राउ परेका छन्। कारको मूल्य २ करोड २२ लाख रुपैयाँ रहेको बताइएको छ। पाकिस्तानी अखबारका अनुसार कार चोरीमा संलग्न व्यक्तिले बेन्टलेको ‘ट्रेसिङ ट्रयाकर’ लाई बन्द गर्न नसकेको अवस्थामा बेलायती अधिकारीले एडभान्स ट्रेसिङ सिस्टमको आधारमा कारको लोकेशन पत्ता लगाएका थिए। 

बेलायती अधिकारीले कार चोरीमा संलग्न व्यक्ति निकै चलाख भएको र उनीहरूले कारको पाकिस्तानमा रजिस्ट्रेशन पास गराएर नम्बर प्लेट परिवर्तन गर्न समेत सफल भइसकेका थिए। तर, कारको चेसिस नम्बरले सबै कुरा छताछुल्ल भयो। 


 

प्रतिक्रिया