लिस ट्रस बन्न सक्छिन् बेलायतको नयाँ प्रधानमन्त्री

लन्डन। बेलायतको कन्जरभेटिभ पार्टीको नेताको मतदान सम्पन्न भएको छ। लिज ट्रसको जित्ने सम्भावना प्रबल देखिन्छ। नतिजाका लागि सबैले सोमबारसम्म पर्खनु पर्नेछ।

लामो र थकित पार्ने देशव्यापी सभा, एक दर्जन कार्यक्रम र टिभीमा भएको तीन चरणको बहसपछि कन्जरभेटिभ पार्टीको नेता छान्ने मतदान शनिबार सम्पन्न भएको छ। पछिल्लो अवस्थालाई विश्लेषण गर्दा विदेश सचिव लिज ट्रसको जित सुनिश्चित देखिन्छ। 

ट्रस तथा पूर्व अर्थमन्त्री ऋषि सुनकबीच लामो समय प्रतिस्पर्धा चलेको थियो। ५ सेप्टेम्बरमा मतदानको निर्णय आउनु एक दिनअघि प्रधानमन्त्री बोरिस जोन्सनले आधिकारीक रूपमा रानी एलिजाबेथ द्धितीयसमक्ष आफ्नो राजीनामा पेश गर्नेछन्। 

यसपालि मतदान पार्टीको अनुमानित २ लाख सदस्यले डाक र इन्टरनेटमार्फत गरेका छन्। जोन्सनले राजीनामाको घोषणा गरेको एक महिनापछि नै गत अगस्टबाट यसको सुरुवात भइसकेको थियो। 

ठूलो चुनौति

मतदानअघि सुनकभन्दा ट्रसलाई समर्थन प्राप्त भएको समाचार छ। तर, जसले जिते पनि उसको राजनीतिक हनिमुन धेरै छोटो हुनेछ। बेलायत यतिबेला यस्तो आर्थिक संकटबाट गुज्रिएको छ, जुन लामो समयदेखि यहाँ देखिएको थिएन। 

युक्रेनमा रुसको आक्रमणका कारण उर्जाको मूल्य चुलिएको छ। जसका कारण महंगी २ अंकले बढेको छ। बिजुलीको बिल आउँदो अक्टुबरदेखि ८० प्रतिशत बढ्ने निश्चित छ। अझ, जनवरीदेखि थप बढ्ने देखिन्छ। 

सर्वेक्षणमा लाखौं बेलायतीले खाने कुराको जोहो गर्नुपर्ने बेला तथा चिसोबाट बच्ने बेला नेताको छनोट गर्नुपरेको भन्दै दुःख प्रकट गरेका छन्। ट्रसले करको औसत घटाउने वाचा गरेकी छिन्। तर, यसले निम्न आँय भएकाहरूलाई खासै लाभ नहुने बताइएको छ। 

पार्टीको कमजोर अवस्था

‘द सन’ पत्रिकामा प्रकासित एउटा लेखमा ट्रसले वचन दिएकी छिन् कि, उनी यसपालिको जाडो मौसममा न्युन आँय भएका मानिसलाई बिजुलीको बिल तिर्नुनपर्ने गरि योजना ल्याउँदैछिन्। यसको सुनिश्चितताका लागि उनले छिट्टै सहयोग गर्ने बताएकीछिन्। उनले भनेकी छिन्, ‘मेरो दृढ विश्वास छ, प्रतिकूल अवस्थामा हामी उग्र सुधारवादी हुनु जरुरी छ।’

पार्टीका सांसदले जोन्सनको समर्थन छोडेर सुरुमा सुनकलाई साथ दिएका थिए। यसको कारण थियो, सन् २०२५ को जनवरीमा हुने अघिल्लो चुनावसम्म सुनकले पार्टीलाई जित दिलाउन सफल हुनेछन्। तर, पार्टीका धेरै सदस्यले ट्रसमाथि विश्वास गरे। जोन्सन ‘ब्रेक्सिट’ को हिरो थिए। ट्रसले यसको विरोध गरेकी थिइन। 

अहिलेको सर्वेक्षणले एउटा कुरातर्फ संकेत के गरिरहेको छ भने, पार्टीको नेताको पद जसले जितोस्, १२ वर्ष लामो सत्तामा पकड बनाएको चुनौतिलाई स्थायी राख्न नयाँ नेताले फलामको चिउरा चपाउनु पर्नेछ। 

ओपिनियन पोलमा मुख्य विपक्षी लेभर पार्टीसँग यसअघि कन्जरभेटिभको जुन बढ्त थियो, त्यो खुम्चिदै गएर २ अंकको हाराहारीमा पुगेको छ। 

–एएफपी
 

प्रतिक्रिया