इच्छाराजसहित ६ जनाविरुद्ध ५ अर्ब ६६ करोड ५५ लाखको बिगोसहित मुद्धा दायर

काठमाडाैं। सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित परिवारका ४ सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। 

विशेष अदालका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य, दुई छोरी प्रतिक्षा र प्रतिशा र सहकारीका तत्कालिन अध्यक्ष केवशलाल श्रेष्ठ तथा उनकी श्रीमती विना श्रेष्ठसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणले मुद्धा दायर गरेकाे हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङले सहकारी ठगी गरेर ३ अर्ब ३१ करोड रुपैयाँ अनुचित लाभ लिएको निष्कर्ष निकालिएको छ।  तामाङकी श्रीमती शाक्यले १ अर्ब ३ करोड रुपैयाँ अवचलन गरेको विभागको अनुसन्धानमा फेला परेको हाे। बिहीबार दायर मुद्धामा छोरीहरु प्रतिक्षाले ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख रुपैयाँ गमन गरेको भेटिएको छ । सहकारीका तत्कालिन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँसहित ५ अर्ब ६७  करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी सहित मुद्धा दायर भएको छ।

 

प्रतिक्रिया