दाउदको सूचना दिनेलाई २५ लाख पुरस्कार, शकीलको लागि २० लाख

काठमाडौं। भारतको राष्ट्रिय अनुसन्धान विभाग (एनआइए) ले अन्डरवर्ल्ड दाउद इब्राहिम र उसको ‘डि’ कम्पनीका अन्य सदस्यहरूको बारेमा जानकारी दिने व्यक्तिलाई पुरस्कारको घोषणा गरेको छ। 

दाउदका लागि एनआइएले २५ लाख भारतीय रुपैयाँको पुरस्कार राशी घोषणा गरेको छ। यस्तै, छोटा शकीलका लागि २० लाख रुपैयाँको पुरस्कार राखिएको हो। 

भारत सरकार अन्डरवर्ल्ड समूहका मुखिया दाउदलाई आफ्नो सबैभन्दा ठूलो दुश्मन मान्छ। सन् १९९३ को मुम्बई बम ब्लास्टमा दाउदको ठूलो हात भएको उसको ठहर छ। यो घटनामा २ सयभन्दा बढी मानिसको ज्यान गएको थियो। 

यो घटनापछि दाउद मुम्बईबाट भागेर दुबई पुगेका थिए। हाल उनी पाकिस्तानमा बसोबास गर्ने गरेको भारतको दावी छ। दाउदका कारण भारतले दुबईमा आफ्नो जासुसी संस्था ‘रअ’ को ठूलो युनिट खडा गरेको छ। तर, करिब ३० वर्ष वितिसक्दा पनि उसले दाउदलाई पक्रिन सकेको छैन। 

दाउदको ‘डि’ कम्पनीका सदस्यहरू पुरै भारतमा सक्रिय छन्। मुम्बईमा अहिले पनि उनको प्रभाव समाप्त भएको छैन।   
 

प्रतिक्रिया