उच्च नैतिकता देखाउँदै पोर्चुगलको स्वास्थ्य मन्त्रीद्धारा राजीनामा 

काठमाडौं। आफ्नो देशमा विदेशी नागरिकको निधन भएपछि पोर्चुगलकी स्वास्थ्य मन्त्रीले नैतिकताको आधारमा पदबाट राजीनामा गरेकी छिन्। स्वास्थ्य मन्त्री मार्टा टेमिडोले पदबाट राजीनामा गरेकी हुन्। मिडिया रिपोर्ट अनुसार गर्भवती महिला भारतको नागरिक थिइन। उनलाई ह्दयघात भएको थियो। 

उनलाई उपचारका लागि दोस्रो अस्पतालमा सार्न ढिलो भएको भन्दै त्यहाँको स्वास्थ्य विभागले कमजोरी स्विकार गरिसकेको छ। पोर्चुगलमा स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीको अभाव यसको प्रमुख कारण मानिन्छ। यसअघि पनि यस्तो घटना भएको थियो। 

यी मुद्धाहरूको राम्रो व्यस्थापन गर्न नसकेको भन्दै मार्टाले राजीनामा गरेकी हुन्। उनको क्षमताप्रति पनि प्रश्न उठ्न थालेका थिए। 

 

भारतीय महिला पर्यटकको रूपमा पोर्चुगल पुगेकी थिइन। उनको नाम सार्वजनिक गरिएको छैन। उनलाई ह्दयघात भएपछि प्रेग्नेन्सी अस्पतालबाट कार्डियो सेन्टरमा ट्रान्सफर गरिएको थियो। तर, समयमा उनलाई सिफ्ट गर्न नसक्दा महिलाको निधन भएको बताइएको छ। महिलाको पेटबाट बच्चालाई सुरक्षित निकालिएको थियो। 

घटना राजधानी लिस्बनमा भएका कारण पनि गम्भीर मानिएको छ। स्थानीय मिडियाले राजधानीमा स्वास्थ्य अवस्था यति दयनीय छ भने गाउँमा कस्तो होला? भनेर प्रश्न उठाएका थिए। 

मार्टाले कोभिड–१९ को बेला राम्रो काम गरेकी थिइन। जसका कारण उनको तारिफ पनि भएको थियो। 
 

प्रतिक्रिया