भारतीय फुटबलको प्रतिबन्ध फुकुवा

काठमाडौं। फिफाले अखिल भारत फुँटबल संघ (एआईएफएफ) को प्रतिबन्ध फुकुवा गरेको छ। उसले पत्र लेखेर अक्टोबरमा हुने १७ वर्ष मुनिको महिला विश्व कपका लागि पनि प्रतिबन्ध फुकुवा गरेको जनाएको हो। 

अक्टोबर ११ देखि ३० सम्म युथ–१७ महिला विश्व कप भारतमा निश्चित भएको छ। भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउनेछ।  

फिफाले अगष्ट १५ मा एआईएफएफमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो। भारतले गत मंगलबार फिफाले राखेका मागलाई स्वीकार गरेको ब्यहोरासहित प्रतिबन्ध फुकुवाका लागि पत्र लेखेको थियो। यो सँगै फिफा र एएफसीले परिस्थितिको अनुगमन गर्न जारी राख्ने र एआईएफएफलाई समयमै चुनाव गराउन सहयोग गर्नेछ।

प्रतिक्रिया