यस्तो छ निधिको चुनावी प्रतिबद्धता पत्र

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेका छन् ।

बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी निधिले घोषणा–पत्र सार्वजनिक गरेका हुन् । सभापति पदमा उमेदवारी प्रस्तुत गर्दै गर्दा उनले केही निश्चित परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधार समेतलाई केन्द्रविन्दुमा राखेका छन् ।

विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवलाई आत्मसाथ गर्दै निधिले परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा रहेर आफूले सभापतिमा उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।

निधिले घोषणा पत्रमा नेपाली कांग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यबस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय वनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।

e.com/file/d/1jSWbb4-6zKLSzRs7sNh6yT0dQOcjzZYv/preview" width="640">

प्रतिक्रिया