फिल्मीशैलीमा पुलिस बनेर बैंकबाट २५ लाख लुट

दिल्ली। भारतको जमशेदपुरमा चार जना साथी मिलेर फिल्मीशैलीमा बैंक लुटेका छन्। जमशेदपुरस्थित बैंक अफ इन्डियाको कार्यालयमा नक्कली सीबीआई अधिकारी बन्दै उनीहरूले २५ लाख रुपैयाँ लुटेका हुन्। 

घटना बिहीबार करिब ११ बजे बिहान भएको थियो। मानगो क्षेत्रमा आफ्नो परिचय सीबीआई अधिकारीको दिँदै एक युवा बैंकमा प्रवेश गरेको थियो। बैंकमा प्रवेश गर्ने वित्तिकै उसले छापा हानेको भनेर सबैलाई मोबाइल एउटै ठाउँमा जम्मा गर्न आदेश दिएको थियो। यो काममा उसका अन्य ३ साथीले सहयोग गरेका थिए। छापाको बहानामा २५ लाख बोकेर उनीहरू बैंकको सटर बन्दै गर्दै भागेका थिए। 

२५ मिनेट बैंकमा थुनिएका मानिसहरूले बैंकभित्र छापा हानिएको हो कि, लुट चलेको पत्तै पाएनन्। बैंकभित्र मेनेजर पनि उपस्थित थिए। उनी पनि ती युवाको लुटको साझी बने। प्रहरीले अहिले बैंकभित्रको सिसिटीभी फुटेजको छानवीन गरिरहेको छ। प्रहरीले बैंक मेनेजर र गार्डको भूमिकाको पनि छानवीन गर्दैछ। 

प्रतिक्रिया