‘डिभोर्सी र एकल महिलामा यौन सम्पर्कको चाहना त भैहाल्छ नी’


बलिउड नायिका लारा दत्ता चाँडै नै ‘हिकअप्स एन्ड हुकअप्स’ नामक वेब सीरीजमा देखा पर्दैछिन् । क्याजुअल सेक्सजस्तो बोल्ड विषयमा बनेको यो  वेब सीरीजमा लाराले एकल महिलाको भूमिका निर्वाह गर्दैछिन् । ‘बेल बटम’मा इन्दिरा गान्धीको भूमिकाबाट प्रशँसा बटुलेकी लारा अचेल यही वेब सीरीजका कारण चर्चामा छिन् । 


हिकहप्स र हुकअप्सजस्तो बोल्ड र आधुनिक विषयमा बन्ने वेब सीरीजका लागि मन्जुरी दिदा मनमा के चलीरहेको थियो ? 
निर्देशक कुणाल कोहली जब यो विषय लिएर मकहाँ आए, त्यतिबेला उनले खुलस्त पारेका थिए कि उनी एकल महिलाको कथामा बनाउन चाहन्छन् । एकल आमा, डिभोर्सी या एक्लै बाँचीरहेका महिलालाई समाजले जसरी चियोचर्चो  गर्छ, उनी त्यस्तो कथा बनाउन चाहन्छन् । समाजले यसखालका महिलालाई विवाहको अनुमति त दिन्छ, तर विवाह नगरीकनै कुनै पुरुषसँग सम्बन्ध राख्न चाहेमा समाजका लागि त्यो निकै ठूलो इश्यू बन्छ । मलाई यस्तो विषय र यसको कास्टीङ निकै चाखलाग्दो लाग्यो । हो, मेरा केही शर्त थिए, जसका बारेमा मैले निर्देशकसँग छलफल गरें । खासमा भन्नुपर्दा, यस्तो भूमिका गर्न मुलधारका निकै कम अभिनेत्री तयार हुन्छन् । एउटा हिचकिचाहट त हुनै नै भो, कतै यो धेरै बोल्ड त छैन भनेर । मेरो एउटा छवी छ, म कसैकी आमा हुँ, पत्नी हुँ, के स्क्रीनमा यस्तो भूमिका गर्न हुन्छ त ? तर, आमा र पत्नी हुनुका साथै मैले एक अभिनेत्री हुने कुरा पनि सोचें, अनि लाग्यो किन यो भूमिकामा नखेल्ने ? 


समाजले सम्बन्ध विच्छेद गरेका, एकल आमा या एकल महिलाहरुलाई जुन ढाँचामा ढाल्ने गर्छ कि उनीहरुको शारिरीक या सँबेदनात्मक आवश्यकता हुन सक्दैन । यसबारेमा तपाइको धारण के छ ? 
पहिले पनि कयौं शानदार अभिनेत्री आएका छन् । जस्तै, रत्ना पाठक शाहले एउटा निकै सुन्दर चलचित्र गरेकी थिइन्, ‘लिपस्टीक अन्डर माइ बुर्खा ।’ अहो, क्या दमदार अभिनय थियो उनको । अधवैंशे भए पनि उनीहरुको आफ्नो शारिरीक चाहना हुन्छ । तर, आमरुपमा के सोचिन्छ भने महिला अधवैंशे छे, त्यसैले उसको कुनै चाहना नै हुँदैन । जबकी, एक महिला भएका नाताले हामीलाई थाहा छ कि यो साँचो हैन । हामी महिला पनि यौन अनुभूति चाहन्छौं । हामीलाई राम्रो लाग्छ, हाम्रा पति या विपरीत लिँगीले हामीलाई सेक्सी फील गराओस् । यदि तपाइ यस्तो कुनै चिज महसुस गरिहनुभएको छ भने यसमा केही पनि गल्ती छैन । समस्या के छ भने समाजले हामीलाई बताएको छ, महिलाले यस्तो सोच्नु गलत हो । वसुको भूमिकामार्फत मैले यो अनुभूतिलाई सामान्यीकरण गर्न चाहन्छु । वसु कुनै स्वतन्त्र खालकी महिला हैनन् । उनी पनि १९ वर्षको विवाहको सेपरेशनपछि जब पहिलो पटक एक डेटीङ सिनमा आउँछीन्, तब उनलाई पनि भय र संकोच हुन्छ, उनी कुनै ‘ताबडतोड’ सेक्समा विश्वास गर्दिनन् । 

lara datta
यौन होस् या अरु कुनै मुद्दा, महिलालाई प्रायः लैंगिक असमानताबाट गुज्रीनुपर्छ, के तपाइलाई कहिले कुनै प्रकारको असमानताको शिकार हुनुप¥यो त ? 
म यो उद्योगमा आएको १८ वर्ष भयो । हामी यहाँ जहिले पनि कुरा गर्छौैं, पे डिस्प्यारीटीका बारेमा । जहाँ महिला कलाकारलाई आफ्ना पुरुष साथी कलाकारको तुलनामा धेरै कम पारिश्रमिक मिल्छ । यसको मतलब के होइन भने हामी कम काम गर्छौं । आमरुपमा अभिनेत्रीलाई सेटमा चाँडै बोलाइन्छ । तर्क के दिइन्छ भने उनीहरुले मेकअप गर्नुपर्छ । हिरो यदि १० घन्टाको सिफ्ट गर्छ भने हिरोइनले १२ घन्टाको सिफ्ट गर्नुपर्छ । तर, पारिश्रमिकमा निकै ठूलो अन्तर हुन्छ । अर्को कुरा यी हाम्रा ठूला ठूला सुपर स्टारहरु पनि के आग्रह राख्छन् भने उनीहरुका हिराइन आफुभन्दा आधा कम उमेरका होउन् । तपाइले निकैकम देख्नुभएको होला, ५० वर्षको हिरोले ५० वर्षकै हिराइनसँग जोडी बनाएको छ । तर, केही वर्षयता यसमा धेरै परिवर्तन आएको छ । ओटीटीमा ३० वर्ष पारीका अभिनेत्रीका लागि निकै छोटा छोटा रोल लेखिदैछ । मलाई यो उमेरमा पनि जुन दमदार भूमिका मिलिरहेको छ, यो देखेर म हैरान छु । 


तपाई ब्यक्तिगत रुपमा क्याजुअल सेक्सबारे कस्तो धारणा राख्नुहुन्छ ? 
म आफ्नो जीवनमा धेरै लामा लामा सम्बन्धहरुमा रहीसकेकी छु । अब सोच्छु, यो ठिकै भयो । मेरो जिन्दगीमा छोटो समयको क्याजुअल रिलेशनशीप रहेन । तर, जब आजको पुस्तालाई देख्छु, उनीहरु सम्बन्धका बारेमा निकै स्पष्ट लाग्छन् । आजको पुस्ता खुला सोचका छन् । पहिलो व्यक्तिसँगै विवाह गर्नुपर्छ भन्ने सोच छैन । यदि दुबैको सहमती छ भने यो गलत पनि हैन । यसै कारण अचेल डेटीङ साइट लोकप्रिय छ । 
(नवभारत टाम्सबाट अनुवादित र सम्पादित साभार) 
 

प्रतिक्रिया