देउवाकै नेतृत्वमा मंसिर ४ मा आमनिर्वाचन

काठमाडौं। प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ।

मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने आज निर्णय गरेको हो। 

निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो। 

हिजो बुधबार पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गर्दै मिति तोक्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचनको मिति घोषणासँगै प्रतिनिधिसभा स्वत निस्क्रिय हुने प्रचलन छ।
  
करिब पाँच वर्ष अघि निर्वाचित प्रतिनिधिसभा दुइपटक विघटनको सिफरिस भएको थियो। तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीले आफूलाई अप्ठेरो आईपरेपछि कुनै बलियो राजनीतिक आधारबिना नै प्रतिनिधिसभाको बिघटन गर्न सिफारिस गरेका थिए। तर सर्बोच्च अदालतले दुवै सिफारिस खारेज गर्दै दोस्रो पल्ट त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री तोकेर राजनीतिक निकास दिएको थियो।

पाँच दलीय गठबन्धनका नेता देउवा नेतृत्वको सरकारले आगामी निर्वाचनको मिति तोकेको हो। कांग्रेस सभापति देउवाकै नेतृत्वमा संसदीय निर्वाचन हुने निश्चित भएको छ।

प्रतिक्रिया