चिनियाँ नागरिकसँग १ करोड फिराैती माग्ने ६ नेपाली पक्राउ

काठमाडौं। काठमाडौंमा एक चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। बुधबार साँझ नयाँ ६ जना नेपाली मिलेर ती चिनियाँ नागरिकलाई बसपार्कमा बन्धक बनाएका थिए। बन्धक चिनियाँसँग फिरौतीबापत १ कराेड माग गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बताएकाे छ।

ती चिनियाँलाई दरबारमार्ग क्षेत्रबाट अपहरण गर्दै बसपार्क क्षेत्रमा पुर्याइएकाे थियो। परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया