मुम्बई उड्न लागेका २ व्यक्ति पक्राउ

काठमाडौं। सुन तस्करीमा संलग्न २ शंकास्पद व्यक्तिलाई मुम्बई उडन लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ गरिएको छ। 

प्रहरी केन्द्रीय कार्यालयको विशेष अनुसन्धान ब्युरोले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच गरेर भित्र पसिसकेका दुवै व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीले कैलालीमा मुद्धा चलिरहेको फरार आरोपी पक्राउ गरेको बताएको छ। प्रहरीले पक्राउ व्यक्तिको नाम सार्वजनिक गरेको छैन। 

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले मुम्बई जान लागेका २ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको पुष्टी गरेकी छिन्। ‘उहाँहरू मुम्बई जाने तयारीमा हुनुहुन्थ्यो,’ उनले भनिन्। 
 

प्रतिक्रिया