दिपेन्द्र टि–२० अलराउण्डरको नवौं स्थानमा, नेपाल १३ मा 

काठमाडौं। आइसीसीले हालै सार्वजनिक गरेको वरियतामा दिपेन्द्रसिंह ऐरी टि–२० को अलराउण्डरहरूको सूचीमा नवौं स्थानमा रहन सफल भएका छन्। मंगलबार सार्वजनिक तथ्यांक अनुसार १५२ रेटिङका साथ उनी नवौं स्थानमा रहन सफल भएका हुन्। 

अफगानिस्तानका  माेहम्मद नवी २६७ रेटिङका साथ पहिलो स्थानमा छन् भने बंगलादेशका सकिब अल हसनले दोस्रो हुँदै उनलाई पछ्याइरहेका छन्। इङ्ल्याण्डमा मोइन खान तेस्रो र अस्ट्रेलियाका ग्लेन मेक्सवेल चौथो स्थानमा छन्। पाँचौमा युएईका रोसन मुस्तफा, छैटौंमा नामिबियाका जेजे स्मिट, सातौंमा जिसान मक्सुद, आठौंमा इदेन मारकम छन्। 

नेपाल टि–२० को तेह्रौं स्थानमा छ। वेष्ट इन्डिजविरूद्ध उत्कृष्ट प्रदर्शन गरेको भारत दोस्रो स्थानमा उक्लिएको छ। अस्ट्रेलिया पहिलो स्थानमा छ। 
 

प्रतिक्रिया