तारकेश्वर हत्या प्रकरण

श्रीमतीको कारण सबैको हत्या गरेको ‘सुसाइड नोट’ फेला

काठमाडौं– वैदेशिक रोजगारीमा १२ वर्ष कमाएको पैसा श्रीमतीले माइतलाई बुझाएको र श्रीमतीको ज्यादती सहन गर्न नसकेर परिवारसहित आफूले पनि आत्महत्या गरेको ‘सुसाइड नोट’ दिनेश पाण्डेको डेराबाट फेला परेको प्रहरीले बताएको छ। 

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीको पदमसालमा एकै परिवारका ४ जना मृत फेला परेपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो। प्रहरीका अनुसार गोरखाको भिमसेन गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले लेखेको सुसाइड नोट फेला परेको हो। प्रहरीले उनको डेराबाट १० पेजको ‘सुसाइड नोट’ फेला पारेको बताएको छ। 

तारकेश्वर–२ पदमसालमा बसोबास गर्ने १३ वर्षीया आशिका पाण्डे सोमबार विधालयको बस चढ्न नआएपछि स्थानीयले घरमा खबर गरेका थिए। घरमा बोलाउँदा आवाज नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 
प्रहरीले घरभित्र पसेर हेर्दा गोरखाको पाण्डेसँगै उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत फेला परेका थिए। 

प्रहरीले फेला पारेको १० पेजको सुसाइ नोटमा श्रीमतीले आफूमाथि धेरै ज्यादती गरेको र श्रीमतीको ज्यादती सहन नसकेर सबैको हत्या गर्न बाध्य भएको उल्लेख छ। दिनेशले १२ वर्षसम्म वैदेशिक रोजगारीमा कमाएको सबै पैसा घरमा श्रीमतीलाई दिएको तर श्रीमतीले माइतीलाई बुझाउने गरेको सुसाइट नोटमा उल्लेख गरेका छन्। 

‘मैले कमाएको सबै पैसा श्रीमतीलाई पठाएँ, तर श्रीमतीले पैसाजति सबै माइतीलाई दिइन्। फर्केर घर आउँदा पनि म माथि राम्रो व्यवहार भएन’, अनुसन्धानमा संलग्न अधिकारीले सुसाइट नोटमा उल्लेख कुरा दृश्य टिभीलाई बताए–प्रतिकार गर्दा घरेलु हिंसा र ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीमा उजुरी दिइन्।’ 

श्रीमती सुनिताले आफूलाई वास्ता नगर्ने तर परपुरुषसँग घण्टौं फोनमा कुरा गर्ने गरेको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले बताएका छन्।  

सुसाइट नोटमा दिनेशले १३ वर्षीया छोरी र ८ वर्षीया छोराको माया लागे पनि आफूसँगै लैजान हत्या गरेको दलील दिएका छन्।       
प्रारम्भिक अनुसन्धानमा बाट दिनेशले सुरुमा श्रीमती तथा छोराछोरीको हत्या गरेपछि आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ। मृत अवस्थामा फेला परेका सबैको पोस्टमार्टम हुन बाँकी छ। यसपछि सबै घटना खुलस्त हुने प्रहरीको भनाइ छ। 

प्रतिक्रिया