बिर्सिने रोग ‘डिमेन्सिया’ बाट विश्वमा ५.५ करोड व्यक्ति प्रभावित

काठमाडौं। बिर्सिने रोग ‘डिमेन्सिया’ हिजोआज सबैका लागि चुनौति बन्न थालेको छ। यस रोगले मानिसको बिर्सिने शक्तिलाई कमजोर मात्र पार्दैन, स्वास्थसँग सम्बन्धित अन्य रोगलाई पनि निम्त्याउने गर्छ। 

हालै लेन्सेट जर्नलमा प्रकासित २४ भन्दा बढी सोधको विश्लेषणपछि चिकित्सकहरूले ‘डिमेन्सिया’ लाई कम गर्न नयाँ उपाय पत्ता लगाएका छन्। उनीहरूले दैनिक काममा केही नयाँ र परिवर्तन गर्न सकिएको खण्डमा ‘डिमेन्सिया’ हुने सम्भावना ३५ प्रतिशत रोक्न सकिने बताइएको छ। 

 ‘डिमेन्सिया’ को सम्बन्ध

१. सुन्ने क्षमतासँग सम्बन्धः कम सुन्ने कारण मानिसहरू सामाजिक रूपमा भेटघाट गर्न खोज्दैनन्। यसले दिमागको समन्वय गर्ने क्षमतामा ह्रास ल्याउछ। जसका कारण मानिसको सम्झने क्षमता कम हुँदै जान्छ। 
२. ब्लड प्रेसरलाई सन्तुलन राख्नु पर्छः ब्लड प्रेसरमा गडबडी भयो भने मुटुको काम गर्ने क्षमता प्रभावित बन्छ। जसका कारण रेडिकल्स बढ्न थाल्छ। यसले तनाव र इमफ्लामेशनमा पनि बृद्धि हुन्छ। न्युरोन्सलाई प्रभावित पार्छ र मानिसको सोच्ने क्षमता घट्न थाल्छ। 
३.डाइबिटिज नियन्त्रणः बढ्दै गरेको डाइबिटिजलाई नियन्त्रण गर्न नसकेको खण्डमा यसको असर सिधै दिमागसम्म पुग्छ। जसले कोशिकालाई क्षति पुर्याउँछ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार विश्वमा हाल ५ दशमलव ५ करोड मानिस ‘डिमेन्सिया’ बाट पिडित छन्। गरिब तथा सामान्य आय भएको देशका ६० प्रतिशत व्यक्ति यो रोगबाट पिडित छन्। बिर्सिने रोगबाट सबैभन्दा बढी पिडित उमेर पुगेका बृद्धबृद्धा छन्। डब्ल्युएचओले सन् २०३० सम्म ‘डिमेन्सिया’ बाट ७ दशमलव ८ करोड मानिस प्रभावित बन्ने प्रक्षेंपण गरेको छ। २०५० सम्म यो संख्या बढेर १३ दशमलव ९ करोड पुग्ने बताइएको छ। 
 

प्रतिक्रिया