भारतलाई ३९ वर्षपछि वेष्ट इन्डिजमा ठूलो सफलता

जमैका। भारतले ३९ वर्षपछि वेष्ट इन्डिजलाई उसैको घरमा एकदिवसीय शृंखलामा क्लिन स्विप गरेको छ। बुधबार तेस्रो एकदिवसीय १ सय १९ रनले जित्ने क्रममा भ्रमणकारी टोलीले यस्तो नतिजा निकालेको हो। 

तेस्रो खेलमा भारतले ब्याटिङ गर्दै ३६ ओभरमा ३ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो। शुमनन गिलले अविजित रहदै ९८ रन बनाए। कप्तान शिखर धवनले ५८ र श्रेयस अय्यरले ४४ रन बनाएका थिए। त्यतिबेलै पानी परेपछि भारतको इनिङ समाप्त भएको थियो। 

वेष्ट इन्डिजले डकवर्थ लुइसको नियमको आधारमा ३५ ओभरमा २ सय ५७ रनको लक्ष्य पाएको थियो। तर, २६ ओभरमा १ सय ३७ रन बनाएर अलआउट भयो। ब्रेन्डन किङ र निकोलस पुरनले ४२–४२ रन बनाए। लेग स्पिनर यजुवेन्द्र चहलले ४ विकेट लिए। मोहम्मद सिराज र शार्दूल ठाकुरले २–२ विकेट बाँडेका थिए। अक्षर पटेल र प्रसिद्ध कृष्णाले पनि १–१ विकेट बाँडे। 

कप्तान धवनको एकदिवसीयमा ३७ औं अर्धसतक थियो। शुभमन शृंखलाको उत्कृष्ट खेलाडी चुनिए। उनले ३ खेलमा २ सय ५ रन बनाएका थिए। 
 


 

प्रतिक्रिया