बलात्कार आरोपमा २ कराते प्रशिक्षक पक्राउ

विराटनगर। १९ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रदेश–१ का दुई कराते प्रशिक्षक पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर–४ का  सुरज सुवेदी र विराटनगर–३ का विनोद राउतलाई पक्राउ गरेको हो। उनीहरूमध्ये सुवेदी संखुवासभा र राउत मोरङका कराते प्रशिक्षक हुन्। राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति पाएका उनीहरू एमालेनिकट खेलकुद संगठनमा पनि सक्रिय थिए।

आफूलाई होटलमा लगेर दुई जनाले जबरजस्ती करणी गरेको जाहेरी किशोरीले प्रहरीमा दिएपछि उनीहरू आइतबार प्रहरी नियन्त्रणमा परेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान थालिएका दुबैले ती किशोरीमाथि पटक–पटक बलात्कार गरेको जाहेरी परेको प्रहरी भनाइ छ।

प्रतिक्रिया