भारतीय खुफिया एजेन्सीको दावी–बिहारसँग जोडिएको नेपाली सीमामा आतंकवादी ‘ट्रेनिङ क्याम्प’

काठमाडौं। नेपाललाई ट्रेनिङ क्याम्प बनाएर आतंकवादीहरू बिहार राज्यको बाटो हुँदै भारतको विभिन्न ठाउँमा पुग्ने गरेको दावी भारतीय मिडियाले गरेका छन्। 

यतिबेला नेपाल–भारत खुला सिमाना भएको बिहारलाई आतंकवादीले नयाँ अड्डाको रूपमा प्रयोग गरिरहेको दावी उनीहरूको छ। भारतको विभिन्न शहरमा ठूलो बिस्फोट गराउने योजनाअन्तर्गत ३ वटा आतंकवादी संगठनहरू एक जुट भएर काम गरिरहेको भारतीय पत्रिकाको दावी छ। 

यी तीन आतंकवादी संगठनको काम गर्ने तरिका आ–आफ्नै भए पनि निशानामा भारत रहेको बताइएको छ। भारतमा ठूलो आतंकवादी हमला गर्ने योजनामा आतंकवादी संगठन सिमीको नयाँ संगठन पीएफआई पनि जोडिएको छ। सिमीको पुरानो सदस्यहरूको सहयोगले सन् २०४७ सम्म भारतलाई मुस्लिम देश बनाउने अभियानमा पीएफआई बिहारबाट आफ्नो संगठन र नेटवर्क बलियो बनाउने अभियानमा रहेको पत्र–पत्रिकाको दावी छ। यहाँबाट पक्राउ परेका अतहर परवेजलाई ‘ट्यालेन्ट सर्च’ कार्यक्रमको काम सुम्पिएको थियो। यही कार्यक्रमको सहयोगले विभिन्न मदरसामा वादविवाद तथा सेमिनारको आयोजना हुने गर्दथ्यो। जसमार्फत मानिसको खोजी तथा उनीहरूको सोचलाई कट्टर बनाउने काम हुन्थ्यो। यसमा समावेश युवाहरूको ‘ब्रेन वाश’ गर्ने काम गरिन्थ्यो। 

१२ जुलाईमा पटनामा आयोजना भएको प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम अघि फुलवारीमा अतहर परवेज र मोहम्मद जलालुद्दीन गिरफ्तार भएका थिए। यो घटनामा २६ संदिग्ध मानिसमाथि उजुरी दर्ता भएको छ। 

भारतमा यतिबेला ‘गजवा–ए–हिन्दी’ अभियान सञ्चालनमा छ। जसअन्तर्गत भारतमा आइएसआइको ठूलो नेटवर्क तयार पार्नु हो। यो अभियानअन्तर्गत २०२३ सम्म भारतलाई अस्तब्यस्त बनाउने रहेको छ। यो अभियानको भण्डाफोर त्यतिबेला भएको थियो, जब १४ जुलाईमा एन्टी टेरोरिस्ट स्क्वाड (एटीएस) ले फुलवारीमा मरगुब अहमद दानिशलाई पक्राउ गर्दै पाकिस्तान कनेक्सनको पर्दाफास गर्यो। 

भारतमा सक्रिय ‘जमात–ए–मुजाहिद्दीन’ ठूलो अभियानअन्तर्गत भारतभित्रै जेहादीहरू तयार पारिरहेका छन्। यसको उद्देश्य जेहादीमार्फत आतंकवादी हमला गराउनु हो। तर, यसको खुलासा मध्य प्रदेशमा ‘जमात–ए मुजाहिद्दीन’ का आतंकवादी पक्राउ परेपछि २० जुलाईमा नेशनल इन्टेलिजेन्ट एजेन्सी (एनआए) ले बिहारको पूर्वी चम्पारणमा ३ ठाउँमा छापा हानेको थियो। जसमा मौलाना असगर अली पक्राउ परेका थिए। 

सिमीका पूर्व सदस्य तथा पपुलर फ्रन्ट अफ इन्डिया (पीएफआई) सँग संलग्न केही व्यक्ति बिहारमा ठूलो काण्ड मच्चाउने अभियानमा भएको दावी गरिएको छ। पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म बिहारलाई ४ क्षेत्रमा बाँडेर भारतविरूद्ध योजना बनाइएको छ। राज्यको ३८ जिल्लासँगै नेपाल तथा छिमेकी राज्यलाई कभर गर्न बिहारलाई जेहादको अन्तर्राष्ट्रिय हब बनाइएको छ। पटनादेखि नेपालको कनेक्सन तयार गर्न ६ जिल्लालाई जोड्ने काम भएको छ। अहिले यो क्षेत्रमा १५ भन्दा बढी ट्रेनिङ सेन्टरमा प्रशिक्षण भइरहेको, जसमा २६ व्यक्तिको नाम बाहिर आएको र ४ जना पक्राउ परिसकेको भारतीय मिडियाको दावी छ। 

यतिबेला सन् १९७७ मा उत्तर प्रदेश (युपी) को अलिगढमा स्थापना भएको सिमी सक्रिय छ। यो संगठनलाई भारत सरकारले सन् २००२ मा आतंकवादी ठहर गर्दै प्रतिबन्ध लगाएको थियो। संगठनको उद्देश्य भारतलाई इस्लामिक राष्ट्र बनाउने रहेको छ। 

भारतीय मिडियाले सीमापारी नेपालमा बसेर यो संगठनले आफूलाई बलियो बनाएको दावी गरेको छ। बिहारसँग जोडिएको नेपाली क्षेत्रमा यसको सेन्टर र ट्रेनिङ क्याम्प सञ्चालनमा रहेको उनीहरूको दावी छ। 

भारतको खुफिया श्रोतले नेपालको सीमावर्ती क्षेत्रमा २० सेन्टर सक्रिय रहेको दावी गरेका छन्। सुरक्षा एजेन्सीले नेपालमा मुस्लिम वर्ल्ड लीग र द अर्गनाइजेशन वर्ल्ड असेम्बली अफ मुस्लिम युथले पीएफआईलाई सिधै सहयोग गरिरहेको बताएको छ। श्रोतका अनुसार यी अर्गनाइजेशनले भारत–नेपाल सीमामा मुस्लिम समुदायलाई सुनियोजित रूपमा बसाएको छ। यो अभियानको नाम ‘मिशन आवाद’ रहेको बताइएको छ। 

भारतीय अखबारले भारतमा हुने आतंकवादी हमलामा नेपाल कनेक्सन बलियो भएको बताएको छ। नेपालको खुला सीमा बिहारलाई अपराधीले ‘ट्रान्जिट प्वाइन्ट’ बनाएको दावी गरिएको छ। यही क्षेत्रमा इन्डियन मुजाहिद्दीनको कुख्यात अपराधी यासिन भटकल पक्राउ परेका थिए। 

– भारतबाट  प्रकाशित हुने दैनिक भास्करका लागि मनिष मिश्राले लेखेकाे लेख।


 

प्रतिक्रिया