मङ्कीपक्स ८० देशमा पुग्यो, डब्ल्युएचओद्धारा ‘ग्लोबल हेल्थ इमर्जेन्सी’ घोषित

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युचओ) ले मङ्कीपक्सलाई ग्लोबल हेल्थ इमर्जेन्सी घोेषित गरेको छ। लामो चर्चापछि शनिबार बसेको बैठकले यो निर्णय गरेको हो। मङ्कीपक्स अहिलेसम्म ८० देशमा फैलिसकेको छ। 

अमेरिकामा पनि यो रोगको संक्रमण दुई नाबालक शिशुमा देखा परेको थियो। स्वास्थ एजेन्सी केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम (सीडीसी) ले क्यालिफोर्नियामा एक बच्चामा संक्रमण देखिएको बताएको छ। उसले विदेशीमूलको अर्को बच्चामा पनि मङ्कीपक्सकै संक्रमण फेला परेको पुष्टी गरेको छ। 

अमेरिकी स्वास्थ्य अधिकारीले दुवै बच्चाको अवस्था खतरा बाहिर भएको बताएका छन्। उपचारका लागि उनीहरूलाई एन्टीभाइरल औषधी टेकोविरिमेट चलाइएको छ। सीडीसीले यो औषधी ८ वर्ष मुनिको बालबालिकामा प्रयोग गर्न सकिने बताएको छ। 

यो वर्ष मङ्कीपक्स ६ मेमा बेलायतबाट फैलिएको थियो। यसमा सबैभन्दा बढी संक्रमित त्यस्ता युवा पुरुष थिए, जसले पुरुषसँगै यौन सम्बन्ध बनाएका थिए। सीडीसीले यो रोग कसैलाई पनि लाग्नसक्ने बताएको छ। संक्रमितको शरिरको कन्ट्याक्टमा आएको खण्डमा वा बिरामीलाई खाना ख्वाउन क्रममा संक्रमण फैलिनसक्ने बताइएको छ। संक्रमितको लुगा, प्रयोग गर्ने भाडा र ओछ्यान छुँदा पनि मङ्कीपक्स सर्नसक्ने दावी गरिएको छ।  

अमेरिकी समाचार एजेन्सी सीएनएनले अमेरिकी सरकारले अहिलेसम्म ३  लाख बढी मङ्कीपक्सको भ्याक्सिन सर्वसाधारणसमक्ष पुर्याइसकेको बताएको छ। यसको अर्थ हजारौंको संख्यामा यसै साता नागरिकलाई भ्याक्सिन लगाउने कार्य सम्पन्न हुनेछ। सीडीसीले अमेरिकामा १५ लाख मानिसलाई भ्याक्सिन सर्वसुलभ छ। सबैलाई जेनियोस भ्याक्सिनको दुई थोपा उपलब्ध गराइने छ। 

अहिलेसम्म विश्वमा पङ्कीपक्सको १६ हजार ८ सय ८६ संक्रमितको पुष्टी भइसकेको छ। जसमा युरोपमा सर्वाधिक ११ हजार ९ सय ८५ जना छन्। अहिले बेलायत, स्पेन, अमेरिका, जर्मनी, फ्रान्स, पोर्चुगल, क्यानडा, नेदरल्याण्ड, इटाली र बेल्जियममा सर्वाधिक संक्रमित फेला परेका छन् मङ्कीपक्सका कारण यो वर्ष ३ जनाको निधन भइसकेको छ।  


 

प्रतिक्रिया