किवी बलर ब्रेसवेलको टी–२० मा नयाँ कीर्तिमान

लन्डन। न्युजिल्याण्डका बलर माइकल ब्रेसवेलले टी–२० अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान बनाएका छन्। उनले टी–२० करिअरको पहिलो ओभरमै ह्याट्रिक गरेका छन्। टी–२० मा आफूले खेलको पहिलो ओभरमा ह्याट्रिक विकेट लिने उनी पहिलो बलर हुन्। 

ब्रेसवेलले दोस्रो टी–२० खेल्ने क्रममा बलिङको अवसर पाएका थिए। आयरल्याण्डविरूद्धको खेलमा उनले ५ बलमा ५ रन खर्चेर ३ विकेट लिए। उनकै ओेभरमा आयरल्याण्ड अल–आउट भएको थियो। 

आयरल्याण्ड भ्रमणमा गएको न्युजिल्याण्डको टिम ३ खेलको शृंखलाअन्तर्गत २ मा विजयी भइसकेको छ। न्युजिल्याण्डले दोस्रो खेलमा १ सय ७९ रनको लक्ष्य राखेको थियो। जसमा आइरिस टोली ९१ रनमा खुम्चियो। 

ब्रेसवेलले एकदिवसीयमा यस्तै प्रदर्शन गरिसकेका छन्। उनले पहिलो एकदिवसीयमा अविजित १ सय २७ रन बनाएका थिए। उनले अन्तिम ओभरमा ५ छक्का हिर्काएका थिए। 

टी–२० मा अहिलेसम्म ३५ बलरले ह्याट्रिक गरिसकेका छन्। जसमा श्रीलंकाबाट ५ बलर (परेरा, मलिङ्गा, धनन्जया र डिसिल्वा) छन्। मालिङ्गाले दुई पल्ट ह्याट्रिक गरेका थिए। पहिलो ह्याट्रिक अस्ट्रेलियाका तीब्र बलर ब्रेटलीले गरेका थिए। 
 

प्रतिक्रिया