अमेरिकाबाट फर्किएकी ब्लगरको पाकिस्तानमा सामुहिक बलात्कार

इस्लामाबाद। पाकिस्तानमा आफ्नै दुई साथीले विदेशबाट आएकी महिला मित्रको सामुहिक बलात्कार गरेका छन्। 

अमेरिकाबाट फर्किएकी साथीसँग उनीहरूले दुष्कर्म गरेपछि सरकारले समेत चासो लिएको छ। पाकिस्तानको पञ्जाब प्रान्तमा २१ वर्षीय युवतीको होटलमा सामुहिक बलात्कार भएको हो। 

युवती पर्यटक भिषामा पाकिस्तान आएकी थिइन। १७ जुलाईमा घटना भएको बताइएको छ। युवती आफ्नो २ साथीसँग डिजी खान जिल्लामा पर्ने हिल स्टेशन ‘फोर्ट मुनरो’ स्थित एउटा होटलमा बस्दै आइरहेकी थिइन। 

डिजी खान जिल्लाका सहायक कमिशनर अनवर बरियार भन्छन्, ‘अमेरिकाबाट आएकी युवती विगत ७ महिनादेखि देशमा थिइन। उनी ब्लगर हुन्। आफ्नो साथीसँग मुजमिल सिप्रा र अजान खोसासँग युट्युबका लागि भिडियो बनाउन फोर्ट मुनरो पुगेकी थिइन। यही दुवै केटाहरूले सामुहिक बलात्कार गरें।’

घटनामा एक युवकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। दुवै मिलेर एमएमस पनि बनाएका थिए। पछि उनीहरूले युवतीसँग ब्ल्याकमेल गर्न थालेका थिए। मजमिल सिप्रा पक्राउ परे पनि अजान खोसा फरार रहेको प्रहरीले बताएको छ। 

पाकिस्तानको पञ्जाब प्रान्तमा हरेक दिन ५ जना महिलासँग बलात्कार हुने गरेको छ। यो प्रदेशमा प्रधानमन्त्री शाहबाज शरीफका छोरा हमजा मुख्यमन्त्री छन्। गत महिना मात्र प्रान्तको गृहमन्त्रीले यहाँ इमर्जेन्सी लगाउनु परेको थियो। 
 

प्रतिक्रिया