स्टोक्सद्धारा एकदिवसीयमा सन्यासको घोषणा, मंगलबार अन्तिम खेल खेल्दै

लन्डन। इङ्ल्याण्डका स्टार अलराउन्डर बेन स्टोक्सले एकदिवसीय क्रिकेटबाट बिदा लिएका छन्। उनले मंगलबार दक्षिण अफ्रिकाविरूद्ध एकदिवसीय खेलेपछि यो फरम्याटबाट सन्यास लिने घोषणा गरेका हुन्। स्टोक्सले हालसम्म १ सय ४ एकदिवसीय खेलेका छन्। ३१ वर्षीय स्टोक्स सन् २०१९ को विश्व कपमा म्यान अफ दि म्याच भएका थिए। 

बेन स्टोक्सले आफ्नो कप्तानीमा पास्तिानविरूद्धको शृंखला ३–० ले जिताएका थिए। सन् २०११ देखि एकदिवसीय खेल्दै आएका स्टोक्सले २ हजार ९ सय १९ रन बनाउनुका साथै ७४ विकेट पनि लिएका छन्। उनले टेस्ट र टी–२० क्रिकेटमा सक्रिय रहन सन्यास लिन लागेको बताएका छन्। 

प्रतिक्रिया