स्कटल्याण्डले लियो बदला, नेपाल ८ विकेटले पराजित

काठमाडौं। घरेलु स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित भएको छ। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले दिएको १ सय २९ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। 

स्कटल्याण्डका लागि केल कोइट्जरले अविजित ४४ र कोलम म्याकलियोर्डले ६४ रनको योगदान गरे। कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १(१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ दशमलव ५ ओभरमा १ सय २८ रनमात्र बनाउन सक्यो। नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले ४० रन जोडे। उनले ५८ बलमा ६ चौका प्रहार गरे। अर्का प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल३ रनमा आउट भए। 

देव खनाल र रोहित पौडेलले१०–१० तथा दीपेन्द्रसिंह ऐरीले ७ रन जोडे। आरिफ शेख शून्यमा आउट भए। 

नेपालका लागि विनोद भण्डारीले १३ र करण केसीले ७ रन बनाए। सोमपाल कामी पनि ७ रनमा आउट भए। कप्तान सन्दीपले ३७ बलमा २२ रन बनाए। डेब्यू गरेका किशोर महतोले ९ बल खेले पनि खाता खोल्न सकेनन्।

बलिङमा घरेलु टिम स्कटल्यान्डका हम्जा ताहिरले ४ विकेट लिए। मार्क वाटको नाममा ३ विकेट रह्यो।

नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय शृंखलाको अन्तिम खेल थियो। यसअघि नेपालले नामिबियाविरुद्धको दुवै खेल गुमाएको थियो। स्कटल्यान्डसँग पहिलो खेलमा नेपाल विजयी भएको थियो।

लिग–२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा छ। नेपालको २० खेलबाट १७ अंक छ। १८ खेलबाट १८ अंक जोडेको नामिबिया पाँचौ स्थानमा छ।

७ देश सम्मिलित लिग(२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग(२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।

२४ खेलबाट ३४ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ।

प्रतिक्रिया