युरोप गर्मीका कारण आक्रान्त, जंगल क्षेत्र उच्च जोखिममा

काठमाडौं। युरोपमा गर्मीका कारण आपतकालको अवस्था बनेको छ। अरु बेला चिसो हुने बेलायतमा गर्मीले नयाँ कीर्तिमान कायम गर्न थालेपछि ‘रेड अलर्ट’ जारी गरिएको छ। सरकारले गर्मीबाट जोगिन आफ्नो नागरिकलाई आवहानसमेत गरेको छ। 

बेलायत जस्तै पोर्चुगल, स्पेन, फ्रान्स र क्रोएसियामा अत्याधिक गर्मीका कारण जंगलमा आगो लागेको छ। जलवायु परिवर्तन यसको कारण भएको वैज्ञानिकहरूले बताएका छन्। 

बेलायतमा २५ जुलाई सन् २०१९ मा सबैभन्दा गर्मी ३८ दशमलव ७ डिग्री मापन गरिएको थियो। बेलायतको मौसम विभागले यो कीर्तिमान भंग भएको बताएको छ। अहिले बेलायतको तापमान ४० डिग्री मापन गरिएको छ। गर्मीको अवस्थालाई मूल्यांकन गर्दै सरकारले रेस्क्यु टिम गठन गरेको छ।  

युरोपको ठूलो भाग गर्मीले बेहाल भएपछि विदेशबाट आउने पर्यटक प्रभावित बन्न थालेको छ। अहिले केही देशले राष्ट्रिय संकट घोषणा गरेका छन्। स्पेनको जंगलमा अचानक आगो लागेपछि तापमान बढेको छ। स्पेनका फायर फाइटर्स जंगलको आगो नियन्त्रणमा राख्न संघर्षरत छन्। यहाँको ४ हजार हेक्टर क्षेत्र जलेर राख भएको छ। यस्तै, फ्रान्सको दक्षिण–पश्चिममा पर्ने ला टेस्टे–डि–बुचको नजिकै जंगलमा आगो लाग्दा एउटा रेष्टुरान्ट जलेको छ। २२ हजार एकडमा फmैलिएको जंगलमा आगो लागेपछि १२ हजार स्थानीयलाई अन्यत्र सारिएको छ। ३ हजारभन्दा बढी फायर फाइटर्स आगो निभाउन जुटेका छन्। 

portugal1

यस्तै, पोर्चुगलको जंगलमा लागेको आगोका कारण १ सय ६० जना घाइते भएका छन्। सयौं मानिस घर छोड्न बाध्य भए। पोर्चुगलमा सन् २००७ यता गम्भीर विपत्ति आएको बताइएको छ। आगो निभाउने अभियानमा रहेको एउटा फायर फ्लाइटिङ विमान दूर्घटनाग्रस्त हुँदा विमान चालकको निधन भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन्। यसैगरी मोरक्कोको लाराचे रर ताजा प्रान्तको जंगलमा केही दिनदेखि आगो लागेको छ। आगो निभाउन त्यस क्षेत्रमा फायर फाइटर्स सक्रिय छन्। प्रशासनले अहिलेसम्म ५ सय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ। 

स्पेनको कार्लोस तृतिय संस्थानका अनुसार गत सातायता तातो हावाका कारण २ सय ३७ जनाले ज्यान गुमाइसकेका छन्। 
 

प्रतिक्रिया