बुमराहले तोडे १९ वर्ष पुरानो रेकर्ड

लण्डन। जसप्रीत बुमराहले इङ्ल्याण्डविरूद्ध १९ वर्ष पुरानो बलिङ रेकर्डलाई भंग गरेका छन्। सन् २००३ मा आशिष नेहराले विश्व कप क्रिकेटमा इङ्ल्याण्डविरूद्ध २३ रन खर्चेर ६ विकेट लिएका थिए। 

तर, मंगलबार राती ओभलमा भएको एकदिवसीयमा बुमराहले १९ रन खर्चेर ६ विकेट लिए। उनले ७ दशमलव २ ओभरमा ३ मेडन पनि गरेका थिए। 

भारतले ओभल एकदिवसीय १० विकेटले जित्यो। ४८ वर्षयता भारतले इङ्ल्याण्डलाई उसैको भूमिमा १० विकेटले पराजित गरेको हो। बुमराहको घातक बलिङमा इङ्ल्याण्ड २५ दशमलव २ ओभरमा १ सय १० रनमा खुम्चिएको थियो। 

प्रत्युत्तरमा रोहित शर्माले ५८ बलमा हानेको ७६ रनको इनिङका कारण भारत सहजै विजयी भयो। अर्का प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले ५४ बलमा ३१ रन बनाए। 
 

प्रतिक्रिया